बुधबार, जेठ ९
०८:३०

खुसी खुसी साकोसको १३ औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, असोज २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ८, मातातीर्थमा मुख्य कार्यालय र कीर्तिपुर नगरपालिका वडा नं ५, छुगांमा सदस्य सेवा केन्द्र सञ्चालन गरी वित्तीय सेवा प्रदान गरिरहेको खुसी खुसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । च.नं.पा वडा नं ८, मातातीर्थ स्थित हाम्रो मार्टमा हिजो सम्पन्न १३ औं साधारण सभाको प्रमुख अतिथि बागमती प्रदेशका सांसद् रमा आले मगरले उद्घाटन गर्नुभएको थियो । विशिष्ट अतिथि चन्द्रागिरि नगरपालिकाका उप–प्रमुख लिसा नकर्मी र वित्तीय क्षेत्रका विशिष्ट व्यक्तिहरू उपस्थिति कार्यक्रममा विभिन्न पुरस्कार तथा सम्मान पनि प्रदान गरिएको थियो । 

संस्थाको नियमानुसार यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कारमा क्यासियर सलिना महर्जन, बजार प्रतिनिधि सुर्मिला महर्जन र चेयरम्यान अवार्ड विमश थापा रहेको घोषणा गरिएको थियो । त्यसैगरी संस्थाको समग्र हितका लागि विभिन्न भूमिकाबाट सहयोग प्रदान गर्नुभएकोमा नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेलाई प्रमुख अतिथि सांसद् आले मगरले दोसल्ला र सम्मान पत्रसहित सम्मानित गर्नुभएको थियो । विगतमा नेफ्स्कूनको कलंकी फिल्ड कार्यालय इन्चार्ज रहनुभएका घिमिरेलाई खुसी खुसी साकोसको विकास, संस्थागत सुशासन, वित्तीय सबलता, कर्मचारीहरुको क्षमता अभिवृद्धि लगायत विविध कार्यमा पुर्याएको योगदानको कदरस्वरुप सम्मानित गरिएको संस्थाले जनाएको छ ।

प्रमुख अतिथि सांसद् आले मगरले पुरस्कृत कर्मचारीहरूलाई नगदका साथै प्रमाण पत्र र सम्मानित व्यक्तिलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । संस्थाको अध्यक्ष वटुकृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका संस्थापक रामप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो । उद्घाटन सत्रमा संस्थाका अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजकले प्रस्तुत गर्नुभएको प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र