मंगलबार, जेठ ८
०३:४५

बुटवलमा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

बुधबार, असोज २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

 बुटवल ।  रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा आज साकोस जोखिम विश्लेषण कार्यशाला (SARAW) सम्पन्न भएको छ । रुपन्देही जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल रहनु भएको थियो । त्यस्तै संघका संञ्चालक सन्दीप सापकोट, जिल्ला बचत संघका संञ्चालक भोज बहादुर बुढाथोकी, विष्णु वस्ती, फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमाला, कार्यक्रम अधिकृत मनोज खड्का रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अथिति नेफस्कूनका उपाध्यक्ष ढकालले सार कार्यक्रम एक प्रकारको परिक्षण भएकाले डाक्टरले बिरामीको रोग पत्ता लगाए झै संस्थाका रोगहरु पत्ता लगाउन कार्यक्रम सहयोग सिद्ध हुने धारणा राख्नु भयो । साथै उहाँले प्रारम्भिक संस्थाको दिगो पना र संस्थागत विकासको लागि नेफ्स्कूनले जिल्ला संघ साझेदारी कार्यक्रम संञ्चालनमा ल्याएको भन्दै उक्त कार्यक्रमले राम्रो नतिजा दिई रहेको धारणा राख्नु भयो । संस्थाको आत्म विश्लेषण गरी स्वस्थता पत्ता लगाउन कार्यक्रम उपयोगी हुने धारणा उहाँको थियो ।

नेफ्स्कूनका संञ्चालक एंव जिल्ला बचत संघका सचिव सन्दीप सापकोटाले कार्यक्रको उद्देश्य माथि प्रकाश पार्दै संस्थाहरुलमा रहेका जोखिमहरुको विश्लेषण गरी स्वस्थ गुणस्तरीय संस्थाहरु बनाउन र जोखिम विश्लेषण गर्न सक्षम बनाउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको धारण राख्नु भयो । 

कार्यक्रमका अध्यक्ष प्रकाश भट्टराईले साझेदारी कार्यक्रम सदस्य संस्थाहरुको मात्र नभएर जिल्ला संघको क्षमता विकासमा समेत सहयोगी भएको धारणा राख्नु भयो । संस्थाको जोखिम विश्लेषण गर्न सकिएन भने जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने भएकोले सार कार्यक्रमको आयोजना गरी जोखिम विश्लेषण गर्न सक्ने गरी क्षमता विकास गर्न खोजेको धारणा उहाँले राख्नु भयो । उहाँले नेफ्स्कूनले प्रारम्भिक संस्थाहरुको लागि बिभिन्न तालिम पाठ्यक्रम तथा नीति तथा कार्यविधिहरु विकास गरी अभियानको लागि अभिभावकीय जिम्मेवारी पुरा गरेको र उक्त प्रशंसनीय कार्यको लागि सबैले धन्यवाद दिनु पर्ने धारणा राख्नु भयो ।

विभिन्न १२ वटा प्रारम्भिक संस्थाका व्यवस्थापक र संञ्चालक गरी २० जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण संघका कार्यक्रम अधिकृत मनोज खड्का र फिल्ड कार्यलय इन्चार्ज छत्र प्रसाद धमालाले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन जिल्ला बचत संघका व्यवस्थापक शर्मिला भटराइले गर्नु भएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र