बुधबार, वैशाख १९
०२:५६

सिन्धुलीस्थित सिद्धबाबा सहकारीको १४औं बार्षिक साधारणसभा सुरु 

आईतबार, असोज १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । सिद्धबाबा बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीको १४ औं साधाणसभा असोज १६ गते शनिबार कमलामाई नपा ६ स्थित आफ्नै हलबाट उद्घाटन गरी सुरु गरिएको छ । संस्थाका अध्यक्ष गोकर्ण प्रसाद सुबेदीको सभापतित्व र प्रदेश बचत तथा ऋण सहकारी संघ बागमतीका संचालक एबम् जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका कोषाध्यक्ष कृष्ण हरि कोइरालाको प्रमुख आतिथ्यमा उदघाटन सत्र सम्पन्न भएको थियो । संस्थाका सचिव शारदाप्रसाद पहाडीबाट संचालित सो सभामा सञ्चालक मनमाया क्षेत्री थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

हाल ३०३ सेयर सदस्य रहेको संस्थाको साधारण सभामा आर्थिक वर्ष २०७७र२०७८को रु १३५,८०,९६६र२२ को वासलत , १६,२५,१६७र८० आम्दानी कारोवार र  ६,०६,५१६र८०  सन्चालन नाफाको विवरण कोषाध्यक्ष कौशिला थापाबाट प्रस्तुत भएको थियो भने संस्थाको प्रगति प्रतिबेदन अध्यक्ष गोकर्ण प्रसाद सुवेदी र बार्षिक कार्य योजना सचिब शारदाप्रसाद पहाडी र लेखा सुपरिवेक्षण समिति सदस्य राम बहादुर थापाबाट लेसुसको प्रतिबेदन प्रस्तुत भइ सभाद्वारा पारित भएको थियो ।

उक्त सभामा प्रमुख अतिथि कोइराला र बिशेष अतिथिको रूपमा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसी तथा कमलामाई नगरपालिका प्रतिनिधि बबिन्द्र माझीले संस्थालाई कोपोमिस सफ्टवेयर तिर अघि बढ्न र संस्थालाई अझ सुब्यबस्थित बनाउन विभिन्न सुझाव र निर्देशनहरु दिनुभएको थियो भने राष्ट्रसेवक साकोसका उपाध्यक्ष गणेश श्रेष्ठले संस्था मार्फत समाजमा सामाजिक योगदान गर्न सहयोग पुगेको बिचार राख्दै  शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो सभामा असल ऋणीको रूपमा सुर्य बहादुर ठोकर र असल बचत कर्ताको रूपमा धनमाया आछामी मगरलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरिएको थियो । साधारणसभाको दोस्रो सत्रमा सेयर सदस्यहरुबाट विभिन्न रचनात्मक सुझाव प्राप्त हुनुका साथै शिक्षा उपसमिति र ऋण उपसमितिलाई पुनर्गठन समेत गरिएको छ । साधारसभाको समापन यही आश्विन २३ गते हुने कार्यक्रम रहेको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र