मंगलबार, वैशाख २५
०२:०६

जनसेवा सकोसको २९ औं बार्षिक साधारण सभा सम्पन्न 

आईतबार, असोज १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । जिल्लाको पुरुन्चौरमा अवस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.को २९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सप्ताहव्यापी साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले गर्नुभएको थियो । 

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष पौड्यालले सहकारीहरुले नाफा सँगै सदस्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सहकारीसँग भएका असल अभ्यासहरुलाई अन्य सहकारी संस्थाहरुबाट लिन र आफ्नोमा भएका असल अभ्यासहरुलाई पनि अन्य सहकारीमा दिन सञ्चालक समितिलाई अनुरोध गर्नुभयो । सहकारीले अति विपन्न बर्गमा पुगेर वित्तिय शिक्षाको माध्यमबाट सदस्यहरुलाई सहकारीको मुल धारमा ल्याउनुपर्ने विचार अध्यक्ष पौड्यालले राख्नु भएको थियो । साथै कार्यक्षेत्र भित्रका सहकारी एकीकरणमा जनसेवा साकोसले अभिभावकको भुमिका निर्वाह गर्दै त्यसको थालनी साकोसबाटै हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । 

संस्थाका कुल १८ सय ६० सदस्यहरुमा १३ सय ६९ जना सदस्यहरुको साधारण सभामा उपस्थिति रहेको संस्थाले जनाएको छ । समापन कार्यक्रममा संस्थाले बर्ष भरी विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरेको थियो । जसमा बर्षको उत्कृष्ट सदस्य, बार्षिक उत्कृष्ठ बचतकर्ता महिला १ र पुरुष १ जना, बार्षिक उत्कृष्ट कारोवार कर्ता महिला १ र पुरुष १ जना, संस्थामा सबै भन्दा धेरै शेयर जम्मा गर्ने २ जना (महिला १ र पुरुष १ जना), उत्कृष्ट बाल बचत कर्ता २ जना, बर्षको उत्कृष्ट सुुझाव कर्ता १ जना, बार्षिक सबै भन्दा धेरै सदस्यता बृद्धिमा योगदान दिने सदस्य १ जना गरी सबैलाई रु १५ हजार बराबरको १५ कित्ता सेयर सहित  सम्मान गरिएको थियो । 

त्यसैगरी कार्यक्षेत्र भित्रका सामुदायिक विद्यालयबाट एस.ई.ई मा उत्कृष्ट जि.पि.ए. ल्याउने शेयर सदस्यका छोरा छोरी हरु २ जना (१ छात्रा र १ छात्र) लाई नगद रु.२ हजार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यसै गरी संस्थाका जेष्ठ सदस्य १० जना (५ जना महिला र ५ जना पुरष) लाई समेत सम्मान गरिएको थियो । उत्कृष्ट हुने सदस्यहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक कमालादेवी गिरी द्धारा प्रमाण पत्र र खादा लगाई सम्मान गरिएको थियो । 

असोज ३ गते संस्थाको आफ्नै सभाहलबाट सप्ताहव्यापी साधारणसभा सुभारम्भ गरेको संस्थाले क्षेत्रगत रुपमा सदस्यता उपस्थिति र सुझाव संकलन गरी असोज ९ गते सभाको समापन गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र