आईतबार, जेठ ६
०८:०१

कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानको दोस्रो तथा अन्तिम दिन

बुधबार, असोज १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेशस्तरीय साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियानको दोस्रो तथा अन्तिम दिन प्रदेशका सबै जिल्लाबाट सहभागीहरुबीच समूहगत छलफल जारी रहेको छ । सहभागीहरुलाई विभिन्न समूहमा विभक्त गरी बिहानबाट छलफल सत्र चलाइएको हो । छलफल सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमल्सिनाले गर्नुभएको छ । 

World Cafe Method मा आधारित रहेर निर्माण गरिएका डेढ दर्जन प्रश्नावलीहरुमा कार्यक्रमको विषयवस्तुमा सर्वेक्षण गरिनेछ । समूहगत छलफलमा नेफ्स्कूनले लिएको रणनीतिलाई आधार मानेर ५ प्रमुख सवालहरुः आबद्धता, एकीकरण तथा साझा बजारीकरण, बहस, पैरवी तथा कार्य कुशलता, साझा सेवाहरु, प्रविधि र साझेदारी, सुशासन तथा स्तरीकरण र वित्तीय सेवाहरुमा सहभागीहरुलाई विभक्त गरी पहिलो चरणमा १५ मिनेट, दोस्रोदेखि चौथो चरणको प्रत्येक छलफल ७ मिनेटको गरी छलफल गरिनेछ । सबै छलफल सकिएपछि प्रत्येक समूहका लीडरबाट प्राप्त सामूहिक निष्कर्षलाई सदस्यहरुबाट प्राप्त सुझावको रुपमा नेफ्स्कूनले स्वीकार गर्ने गरी कार्यक्रम तय भएको छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र