आईतबार, जेठ ६
०६:०७

धरानमा ‘आबद्धतासम्बन्धी अभिमुखीकरण’ 

मंगलबार, असोज १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । नेफ्स्कून फिल्ड कार्यालय सुनसरीको आयोजनामा धरानमा 'आबद्धतासम्बन्धी अभिमुखीकरण कार्यक्रम' असोज ११ गते सम्पन्न भएको छ । कार्यक्रममा ८ साकोसका १३ जनाको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सुनसरीका अध्यक्ष शिवराज श्रेष्ठले गर्नुभएको थियो । उहाँले सबै साकोसहरुलाई छाता संघहरुको सदस्यता लिई सहकारी अभियानलाई अझ बलियो बनाउन आवहान गर्नुभयो । उहाँले छाता संघहरुले सदस्यहरुलाई निरन्तर शिक्षा, तालिम र सुचना दिने हुनाले त्यसलाई ग्रहण गरी संस्थालाई वित्तीय हिसावले न्यून जोखिमयुक्त, सुशासित एवम् सञ्जाल निर्माण गर्न आग्रह गर्नुभयो । बचत संघका अध्यक्ष श्रेष्ठले उपस्थित संस्थाहरुलाई आबद्धताका लागि प्रतिबद्धता जनाउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले गर्नुभएको थियो । सहजीकरणमा उहाँले नेफ्स्कूनको पृष्ठभूमि, संघले सदस्य संस्थाहरु लाई उपलब्ध गराईरहेको ८ वटा सेवाको व्याख्या गर्नुभएको थियो । कार्यक्रम अधिकृत दाहालले नेफस्कूनमा आवद्धता किन र यसका प्रक्रियाका बारेमा स्पस्ट पार्नुभएको थियो भने आबद्धता फाराम समेत वितरण गरिएको थियो ।

कार्यक्रमम सहभागीहरुलाई स्वागत एवम् कार्यक्रमको औचित्यता नेफ्स्कून फिल्ड कार्यालय सुनसरी फिल्ड इन्चार्ज पवन घिमिरेले प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम संचालन बचत संघ सुनसरीका कार्यक्रम अधिकृत सुमन सुवेदीले गर्नुभएको थियो । नेफ्स्कून फिल्ड कार्यालय इन्चार्ज घिमिरेले नेफ्स्कूनको सेवा तथा व्यवसाय कार्यक्रमहरु एवम् साकोस मैत्री बहस पैरवी र अभियानमा ऐक्यबद्धता जनाउन र साकोस परिवार एउटै केन्द्रिय संघको छाता भित्र रही संगठित र अभियानलाई सशक्त बनाउँदै दिगो, सुशासनयुक्त, सदस्यमैत्री साकोस अभियान निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रम अन्तरक्रियात्मक रुपमा सञ्चालन भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र