आईतबार, जेठ ६
०५:५५

व्यावसायिक, सक्षम र प्रविधियुक्त संघ बनाउने चितवन बचत संघको योजना

मंगलबार, असोज १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (चिस्कून) को चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरिएको छ । नेफ्स्कूनको प्राविधिक सहयोगमा असोज १० र ११ गते आयोजित कार्यशालामार्फत संघको ४ वर्षे चौथो रणनीतिक व्यावसायिक योजना निर्माण गरिएको हो । 


संघको दिगोपनाका लागि व्यावसायिकतासँगै अभिभावकीय भूमिका निर्वाह गर्दै जिल्लाभरका साकोसहरुमा दक्ष मानव संशाधन विकसित गराउने जिम्मेवारी पूरा गर्न नवीन रणनीति पनि संघले आगामी ४ वर्षका लागि तय गरेको छ । संघका अध्यक्ष हरिशचन्द्र सुवेदी भन्नुहुन्छ, ‘दिगोपनाका लागि थप व्यावसायिक बनाउने र अभिभावकीय जिम्मेवारी पनि पूरा गर्ने हाम्रो योजना छ ।’ उहाँका अनुसार साकोसहरुलाई व्यावसायिक, सक्षम र प्रविधियुक्त बनाउने काममा संघ लागिपर्ने छ जसले अन्ततः संघलाई पनि त्यसै दिशामा अघि बढाउने छ ।

संघले अर्को वर्षबाट CUBEE (Credit Union Build, Educate and Empower) नामम कार्यक्रम सञ्चालन गर्ने योजना बुनेको उहाँले जानकारी गराउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, ‘CUBEE अन्तर्गत जिल्ला संघले दक्ष प्रशिक्षकहरु तयार गर्नेछ जसले निश्चित मापदण्डहरुको आधारमा साकोसहरुको नियमित अनुगमन निरीक्षण गरी तालिम, शिक्षाका कार्यक्रममार्फत संस्थागत विकास, सुशासन र दक्ष जनशक्ति विकासका लागि पृष्ठपोषण गर्नेछन् ।’ साकोसहरुलाई उद्यमशिलता प्रवद्र्धनमा पनि संघले प्रेरित गर्ने उहाँले उल्लेख गर्नुभयो ।

सहकारीहरुबीच बढ्दो प्रतिस्पर्धालाई चुनौतीका रुपमा चर्चा गर्दै उहाँले बचत संकलन भएपनि ऋण लगानीलाई प्रभावकारी बनाउन नसकिएको विषय कार्यशालामा उठेको उल्लेख गर्नुभयो । यस्तै, हाल भरतपुर १० बाइपास रोडस्थित जिल्ला सहकारी संघको भवनमा रहेका जिल्ला बचत संघको कार्यालयलाई पनि थप फराकिलो र व्यवस्थित बनाउनुपर्ने आवश्यकता अध्यक्ष सुवेदीले औंल्याउनुभयो । सँगै मानव संशाधनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै लानुपर्ने विषयमा पनि योजनमा कार्यक्रमहरु राखिएको जानकारी उहाँले गराउनुभयो । संघमा हाल ३ जना कर्मचारी कार्यरत छन् ।

२०५३ साल फागुन २९ गते स्थापित जिल्ला संघका संस्थापक अध्यक्ष सोमराज खनिया हुनुहुन्छ । संघमा हाल २०७५ सालमा निर्वाचित ११ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति छ । अध्यक्ष सुवेदीले संघीय संरचना अनुसार जिल्ला संघको औचित्यमाथि बेलाबखत छेडिने बहसहरुतर्फ इंगित गर्दै सहकारी संस्थाहरुबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने काम जिल्ला संघहरुले गर्दै आएकोले यिनलाई कम आँक्न नहुने बताउनुभयो ।

संघकी व्यवस्थापक अनिता न्यौपानेका अनुसार हाल संघको वासलात १३ करोड ३७ लाख रुपैयाँ रहेको छ भने ऋण लगानी ६ करोड ५२ लाख रुपैयाँ छ । संघमा आबद्ध २ सय २२ प्रारम्भिक साकोसहरुमध्ये १८ वटा एकीकरण भएकाले हाल २ सय ४ संस्था सदस्य छन् । जिल्लाभर २ सय ८२ बचत तथा ऋण सहकारी संस्था कायम छन् । संघले ९० प्रतिशत (२ सय ३५) साकोसहरुलाई संघमा आबद्ध गराउने लक्ष्य लिएको छ । यस्तै, संघले कारोबारको वृद्धिसँगै कर्मचारी संख्या ८ र वासलात  ४६ करोड पुर्याउने लक्ष्य तय गरेको छ । त्यसका लागि रणनीतिक योजना तथा कार्यक्रमहरु तय गरिएका छन् । संघको सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति र व्यवस्थापन सहभागी कार्यशालाको सहजीकरण नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र