आईतबार, जेठ ६
०७:०२

नेफस्कून–लायन्स क्लब इन्टरनेशनल नेपाल बीच छलफल

मंगलबार, असोज १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफस्कून तथा लायन्स क्लब इन्टरनेशनल नेपालबीच द्धिपक्षीय सहकार्यका नवीन आयामहरुमा आज प्रारम्भिक छलफल भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा मध्यान्ह भएको छलफलमा संघकातर्फबाट अध्यक्ष परितोष पौड्याल, सञ्चालकद्धय रिना आचार्य, न्हुच्छे नारायण श्रेष्ठ, कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र बरिष्ठ अधिकृत नवीनराज दाहाल सहभागी हुनुहुन्थ्यो भने क्लबका तर्फबाट मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपालका काउन्सिल चेयरपर्सन मानबहादुर रोका, किशोर मल्ल सहभागी हुनुहुन्थ्यो ।


क्लबले त्रिभुवन विश्व विद्यालयसँग मिलेर नेपालमा ‘ए क्लास’ को त्रिवी लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्र स्थापना गरेको छ । विश्व विद्यालय हाता भित्र उपलब्ध गराइएको जग्गामा स्थापित केन्द्र ‘सुरक्षित रगत, सुरक्षित जीवन’ भन्ने मुल अभिप्राय सहित मानवीय सेवा पुर्याउने उद्देश्यले मुनाफारहित ढंगबाट अघि बढाइएको सामाजिक संस्था हो । केन्द्र स्थापनाका लागि सरकारले आसयपत्र उपलब्ध गराइसकेकोले अब दक्ष जनशक्ति प्राविधिक र उपकरणहरुको व्यवस्थापनमा केन्द्र सञ्चालनमा जुटिरहेको क्लबले ठूलो सञ्जाल भएको नेफ्स्कूनसँग सहकार्यको अपेक्षासहित प्रारम्भिक छलफल गरेको हो ।

नेफ्स्कूनका अध्यक्ष पौड्यालले छलफल सकारात्मक रुपमा अघि बढेको बताउनुभयो । विगतमा पनि नेफ्स्कूनले क्लबसँग सहकार्य गरेकाले अबका दिनमा पनि सहकार्यलाई कसरी अघि सुचारु गर्न सकिन्छ भन्ने विषयमा पहिलो चरणको छलफल भएको क्लबका चेयरपर्सन रोकाले बताउनुभयो । क्लब काउन्सिल चेयरपर्सन रोकाका अनुसार हाल नेपालमा १८ सय बढी लायन्स क्लबहरुमा ४६ हजार सदस्य आबद्ध छन् । नेपालमा क्लबका प्रशासनिक कामहरु सम्पन्न गर्न ४ वटा डिस्ट्रिक्टहरुमा गभर्नर छन् भने उनीहरुमाथि शीर्ष भूमिकामा काउन्सिल चेयरपर्सन रहने व्यबस्था छ ।

नेपालमा पहिलो लायन्स क्लब सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरको नाममा पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको अध्यक्षतामा स्थापना भएको इतिहास छ । १सय ४ वर्षको इतिहास बोकेको क्लबले विगतमा साइट फ्रस्टका रुपमा आँखा (नेत्रज्योति) का क्षेत्रमा काम गर्दै आएको थियो भने पछिल्लो समयमा वातावरणमा पनि हात अघि बढाएको छ । अध्यक्ष रोकाले क्लबको अबको प्राथमिकता भनेको मधुमेह क्षेत्र भएको जानकारी गराउनुभयो । अमेरिकाको सिकागो मुख्य कार्यालय रहेको क्लबका संस्थापक अमेरिकी नागरिक मेल्बिन जोन्स हुनुहुन्छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र