बिहीबार, वैशाख २०
०७:१५

सिन्धुलीमाढीमा नेकोस सफ्टवेयर अभिमुखीकरण कार्यक्रम

मंगलबार, असोज १२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । सिन्धुलीमाढीमा असोज ११ गते नेकोस सफ्टवेयरसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेफ्स्कून र सिन्धुली जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै जिल्ला संघकी अध्यक्ष बालकुमारी श्रेष्ठले प्रबिधिलाई सहज रूपमा स्वीकार्दै  हतोत्साही नभई अघि बढ्न सहभागीहरुलाई प्रोत्साहित गर्नुभएको थियो । संघका कार्यक्रम अधिकृत शारदा पहाडीबाट अनौपचारिक रूपमा प्रारम्भ गरिएको सो कार्यक्रममा सिन्धुली  बचत संघका संचालक गोकर्ण प्रसाद सुवेदी र लेखा सुपरिवेक्षण समिति संयोजक शम्भुप्रसाद गजुरेल समेतको उपस्थिति थियो । 

साकोस अभियानको आफ्नै सफ्टवेयर नेकोसका सम्बन्धमा सिन्धुली जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुलाई अभ्यस्त बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेफ्स्कूनका सूचना प्रविधि अधिकृत प्रवीन अधिकारीले नेकोस सफ्टवेयरका विशेषता, यसमा थपिएका सुविधाहरु र भावी योजनाका सम्बन्धमा सहभागीहरुलाई सहजीकरण गर्नुभएको थियो ।

यस्तै अधिकृत अधिकारीले नेकोस सफ्टवेयर सहकारी मैत्री, साकोसका जनशक्तिले सहज रुपमा प्रयोग गर्न सक्ने र लागतमैत्री पनि भएको जानकारी गराउनुभएको थियो । उहाँले नेकोस सफ्टवेयरको माध्यमबाट सहकारीहरुले सुरक्षित, भरपर्दो, विश्वसनीय र पारदर्शी हिसाबकिताब राख्न सक्ने भन्दै सहभागीका जिज्ञासाहरुको पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका दुई नगरपालिका र चार  गाउँपालिकाका १५ वटा सहकारी संघ संस्थाहरुको सक्रिय सहभागिता थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र