बिहीबार, जेठ ३
०५:३३

कास्कूनद्वारा सामयिक विषयहरुमा भर्चुअल अन्तरिक्रया 

बिहीबार, भदौ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, १८ भदौ । भौतिक असहजताका बाबजूद काठमाडौं बचत तथा ऋण सहकारी संघ लि.कास्कूनले सदस्य सेवालाई निरन्तरता दिने सिलसिलामा आज प्रविधिमार्फत समसामयिक विषयहरुमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । बन्दाबन्दीका समयमा पनि  यस प्रकारका भर्चुअल छलफल र प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको कास्कूनले आज ४ वटा समसामयिक विषयमा जुम एप्लिेकशनका माध्यमबाट बाक्लो सहभागिता सहितको कार्यक्रम गरेको हो । 

महामारीपछि सहकारीका रणनीतिहरु शीर्षकको कार्यक्रममा व्यवसाय निरन्तरता योजना (बीसीपी) का विषय नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, भाखा नाघेको ऋण र कर्मचारी व्यवस्थापन विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाँई तथा तरलता व्यवस्थापन विषयमा नेफ्स्कूनका पूर्व प्रमुख कार्यकारी अधिृकत शिवजी सापकोटाले सहजिकरणका साथै सहभागीका जिज्ञासा  समाधान गर्नुभएको थियो ।

कार्यक्रमका कास्कूनका अध्यक्ष दीपक पनेरुले विद्यमान विषम परिरिस्थित र त्यसबाट उत्पन्न असहजताका बीच पनि सदस्य संस्थाहरुका हरतरहका समस्या सम्बोधन गर्न कास्कून तयार रहेको बताउनुभयो । सोही सिलसिलामा कास्कूनका सदस्य संस्थाहरुमा रहेका अधिक वा न्यून तरलताका अवस्थाहरु, व्यवसाय निरन्तरता योजनाको सोच र मानव संशाधन व्यवस्थापनको जटिलतालाई सम्बोधन गर्न यस क्षेत्रमा अनुभवी व्यवस्थापन विज्ञहरुबाट सहजिकरण कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो । अध्यक्ष पनेरुले प्रतिकूलताका बाबजूद सदस्य संस्थाहरुले हर हालतमा सहकारी मर्म भावना र सिद्धान्त अनुरुप सदस्य सेवामा जुट्नुपर्नेमा जोड दिनुभयो । सन् १९३० को आर्थिक मन्दीको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष पनेरुले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत आर्थिक मन्दीको आँकलन गरेको अवस्थामा सहकारीहरुले संवेदनशील भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संस्थागत सुशासनमा बिशेष जोड दिन समेत उहाँको आग्रह थियो ।  महामारीका समयमा सहकारीहरुले प्रशंसनीय काम गरेको भन्दै कहीकतैबाट सहकारीका सदस्यहरुले गुनासो नगरको दाबी अध्यक्ष पनेरुले गर्नुभयो ।

कार्यक्रममा सहजकर्ता नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले अहिलेको परिस्थिति अनुरुप सबै संस्थाहरुले बीसीपी बनाउनुपर्ने बताउनुभयो । रणनीतिक योजना तथा वार्षिक कार्यक्रमहरुले मात्र यो महामारीको समयमा काम नगर्ने भन्दै उहाँले बीसीपीको महत्व प्रकाश पार्नुभयो । प्रविधिमैत्री सेवामा बिशेष जोड दिदैं कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले समयसापेक्ष र उपलब्ध विधिहरुबाट वार्षिक योजनाहरु कार्यान्वयन गराउने उपाय बीसीमा खोजिनुपर्ने बताउनुभयो । सदस्यहरुको वास्तविक अवस्था बिश्लेषणका लागि सदस्य सर्वेक्षण एकदमै महत्वपूर्ण हुने भन्दै नेफ्स्कूनले पनि यसको थालनी गरेको उहाँले जानकारी गराउनुभयो । कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले योजना निर्माण गर्दा सञ्जाल सहकार्यमा ध्यान दिन आग्रह गर्नुभयो । 

सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत गुरागाँईले भाखा नाघेको ऋण व्यवस्थापनका लागि सदस्यसँग निरन्तर सम्पर्कमा रहनुपर्ने भन्दै महामारी लक्षित मानव संशाधन व्यवस्थापन रणनीति आवश्यक भएको भन्दै नमूनाहरु समेत प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, नेफ्स्कूनका निवर्तमान प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले अहिलेको अवस्थामा सहकारी संस्थाहरुले पर्याप्त तरलता राख्नुपर्ने भएपनि लगानीका वैकल्पिक क्षेत्रहरुको खोजीका लागि अल्पकालीन र अल्पमात्राका ऋणहरु लगानी गरी व्यावसायिक सन्तुलत कायम राख्नुपर्ने आवश्यकता पनि औल्याउनुभयो । सबै सहजकर्ताहरुले सदस्य, कर्मचारी र संस्थालाई ध्यानमा राखेर भावी योजनाहरु निर्माण गर्न ध्यानाकर्षण गराउनुभयो ।

कास्कूनको फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा संघका उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य राख्दै सहकारी क्षेत्रका अनुभवले खारिएकाहरुको प्रशिक्षणबाट संस्थाहरुलाई भावी योजनाहरु निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  यसैगरी, संघका कोषाध्यक्ष निरञ्जन सेढाइले कास्कूनको  हालको वित्तीय अवस्था, सेवा सञ्चालनको विधिका साथै सदस्य सम्बन्धका आयाममा गर्न लागिएका भावी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कास्कूनका सचिव शालिकराम पुडासैनीले उत्साहप्रद सहभागिताका लागि सबैलाई धन्यवाद दिदैं सदस्य संस्थाहरुका साथै सञ्जालको सहयोग लिएर संघ नवीन कार्यक्रमहरु सहित थप सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र