आईतबार, वैशाख २३
०२:०३

सहकारीसँग हातमा हात मिलाएर अघि बढ्न तयार छौंः मन्त्री तामाङ

आईतबार, असोज १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । सुदूर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामा तामाङले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेफ्स्कूलने आज कैलालीको धनगढीमा आयोजना गरेको ‘साझा सेवाहरुको सबलीकरण तथा सञ्जाल निर्माण अभियान’ कार्यक्रमका प्रमुख अतिथि तामाङले राज्यको निकाय सहकारीसँग हातमा हाल मिलाएर अघि बढ्न तयार रहेको बताउनुभयो । उहाँले सञ्जाल निर्माण तथा सेवाहरुको सबलीकरणसम्बन्धी नेफ्स्कूनको अभियानमा आफ्नो सरकारको साथ, समर्थन र पूर्ण सहयोग रहने बचनबद्धता समेत व्यक्त गर्नुभयो ।

नेफ्स्कूनका गतिविधिहरु सहकारीलाई सुशासित र मर्यादित बनाउने दिशामा एकदमै सकारात्मक र सहयोगी भएको भन्दै संघसँगको सहकार्यमा सरकार अघि बढ्ने मन्त्री तामाङले बताउनुभयो । नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदूर पश्चिम प्रदेशका सहकारी रजिष्ट्रार गोकुल बोहराले सहकारीका विषयमा आफ्नो कार्यालय संवेदनशील भएको बताउँदै प्रदेशका सहकारीहरुलाई सुशासित, मर्यादित र विश्वसनीय बनाउने काममा लागिपरेको जानकारी गराउनुभयो । उहाँले आफुले सहकारीको विषयमा गम्भीर भएर अध्ययन गर्दै यसमार्फत आर्थिक सामाजिक विकासका कार्यक्रमहरु प्रभावकारी सञ्चालन गर्न सकिने सम्भवना व्यक्त गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक माधवप्रसाद जोशी, नेफ्स्कून फिल्ड ब्यबस्थापन उपसमिति सदस्यहरु, स्थानीय सहकारी अभियन्ताहरु आदिको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रम सञ्चालन नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमिल्सनाले गर्नुभएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र