आईतबार, वैशाख २३
०२:०५

जनकल्याण साकोस टिकापुरको १० औं वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, असोज ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. टिकापुर कैलालीको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा नेफ्स्कूनका सञ्चालकद्वय यज्ञ प्रसाद ढकाल र माधव जोशीको बिशेष आतिथ्यता थियो भने राष्ट्रिय सहकारी बैंककी सञ्चालक शिवा थापा, लुम्बिनी प्रदेश बचत संघका बरिष्ठ उपाध्यक्ष प्रकाश ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहकारीले गर्ने कामले सदस्यको मुहारमा खुसी छाउनुपर्ने, सदस्यको जीवनस्तर सुधार हुनुपर्ने बताउनुभयो । अध्यक्ष पौड्यालले अबको युग प्रविधिको भएकाले कोभिड पछि यसको महत्व बढेको धारणा राख्नुभयो । २०६९ साल असार २८ गते स्थापित साकोसमा हाल ४ सय १८ महिला र बाँकी पुरुष गरी ९ सय सदस्य छन् । टीकापुर नगरपालिका वडा नं १ देखि ५ सम्म कार्यक्षेत्र रहेको साकोसको गत भदौं मसान्तसम्म १ करोड १४ लाख २२ हजार ३ सय सेयर पुँजी, बचत निक्षेप २ करोड ९१ लाख ९१ हजार ४ सय ६०, ऋण लगानी ४ करोड ५५ लाख ४६ हजार रहेको जानकारी सभामा गराइएको थियो ।

 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र