शुक्रबार, जेठ ४
१०:०६

बाँकेका सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया 

बिहीबार, असोज ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बाँके । नेफ्स्कूनले आज बाँके जिल्लाका सहकारीकर्मीहरुसँग नेपालगञ्जमा अन्तरक्रिया र साकोस जोखिम विश्लेषण कार्यशाला आयोजना गरेको छ । नेफस्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत साकोस जोखिम विश्लेषण कार्यशाला SARAW आयोजना गरिएको हो भने बाँकेका सहकारीकर्मीहरुबीच सहकारीका समसामयिक सवालहरुमा अन्तरक्रिया  गरिएको हो । 


नेफस्कून अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता तथा जिल्ला बचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यशाला SARAW कार्यक्रममा नेफ्स्कूनका संचालक सदस्य यज्ञ प्रसाद ढकालको समेत उपस्थिति रहेको थियो । कार्याशालामा प्रमुख अतिथि पौड्यालले सहकारीले गरिबी निवारण तथा गुणस्तरीय जीवनको बिषयमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणसँग जोडिने थलो सहकारी मात्र रहेको कुरा उल्लेख गर्नुभयो । अध्यक्ष पौड्यालले अबको युग डिजिटाईजेसनको भएकेले सबै सहकारीहरु त्यसमा केन्द्रित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै संचालक यज्ञ प्रसाद ढकालले सहकारीहरु निति, विधि, प्रविधि र सुशासनमा संचालन भई सदस्य केन्द्रित कार्यक्रमहरु गर्न अनुरोध गर्नु भयो । 

यसैबीच, नेफ्स्कून फिल्ड कार्यालय नेपालगंजको आयोजनामा बाँकेका सहकारीकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न भयो । अन्तरक्रिया कार्यक्रममा सन्दर्भ ब्याजदर, कर्जा सुचना केन्द्र, कर्जा असुली न्याधीकरण स्थिरिकरण कोष, स्तरिकरण कार्यक्रम लगायतका समसामयिक बिषयमा बाँकेका सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, नेफस्कून संचलाक यज्ञ प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंककी संचालक बिजया धिताल लगायत स्थानीय सहकारीकर्मीहरुको उपस्थिति थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र