आईतबार, जेठ ६
०३:५६

चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । सुर्यविनायक नगरपालिका १ विरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले १९ औं वार्षिक साधारण सभा हाइब्रिड रुपमा सम्पन्न गरेको छ । कोभिड महामारीकाबीच साकोसले सिमित भौतिक उपस्थितिकाबीच भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न गरेको हो । साकोसले गत आर्थिक वर्षमा १ करोड ८२ लाख मुनाफा आर्जन गर्न सफल भएको छ भने कोषमा रहेको शेयर लाभांश र संरक्षित पूजी फिर्ता कोषको रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सूर्यविनायक नगरपालिका वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष चन्द्रराज खड्काको सभापतित्वमा संस्थाको साधारण सभाको समापन भएको हो। सभामा अध्यक्ष चन्द्रराज खड्काले २०५९ सालमा ३४ जना सेयर सदस्य र ३४०० रुपैया सेयर पुँजीसहित भक्पुर जिल्लाको दक्षिणी क्षोत्रको पहिलो सहकारीको रुपमा संस्था स्थापना भएको स्मरण गर्नुभयो । संस्थामा हाल ३७४३ सदस्य र  ६४ करोड ३० लाख कुल सम्पत्ति पुगेको उहाँले जानकारी गराउनुभयो । कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य ९९ प्रतिशत र ब्याज असुली ८० प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष खड्काले बताउनुभयो । 

साकोसले सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड सम्बन्धी स्थानीय प्रशासनको निर्देशन तथा सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गदर्शन पालना गर्दै साधारण सभा सम्पन्न गरेको जनाएको छ । संस्थाले भाद्र २९ गतेदेखि अशोज १ गतेसम्म विभिन्न ५ स्थानमा उपस्थिति केन्द्र तोकी सदस्य उपस्थिति एवं प्रतिवेदन वितरण एवं सुझाव संकलन  गरेको थियो भने आश्विन ३ गते समापन सभा आयोजना गरेको हो । साधारण सभामा कुल सदस्य संख्याको ७६.१ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र