आईतबार, जेठ ६
०३:०९

चन्द्रपुरस्थित विन्दवासिनी साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, असोज ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । रौतहटको चन्द्रपुरमा विगत लामो समयदेखि सञ्चालित विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ११ औं बार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । भदौ २७ गतेबाट सुरु भएको साधारण सभा असोज ३ गतेसम्म इकाइगत रूपमा भएको थियो । सो साधारण सभामा सेयर सदस्यको उल्लेखनीय सहभागिता थियो । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द दुलाल, ७ का वडा अध्यक्ष बिष्णु प्रसाद उप्रेती र ५ का वडा अध्यक्ष सन्जय काफ्लेले सहकारीका सेयर सदस्यको आर्थिक उन्नति गराउनु पर्ने खालको कार्यक्रम सन्चालन गर्न जोड दिनु भएको थियो ।

संस्थाले यस बर्षको असल बचत कर्ताका रुपमा चन्द्रपुर ८ का सदस्य सानिमैया भारतीलाई सम्मान गरेको थियो भने संस्थाका ७० बर्ष उमेर पुरा गरेका शेयर सदस्यहरु गङ्गा कोइराला, धुरण चौधरी, जनार्दन हरि सुवेदी र राम कुमार तिमल्सिना छेत्रीलाई जेष्ठ शेयर सदस्य सम्मान गरेको छ । संस्थाले बार्षिक साधारण सभाको अबसरमा शेयर सदस्यका सन्तती मध्ये एसइइमा उच्च अंक ल्याउने भुमिका चालिसे र सुलभ शिबाकोटीलाई सम्मान गरेको थियो । चन्द्रपुर नगरपालिकामा सहकारीको बिकासमा अमुल्य योग्दान पुर्याएको भन्दै साना किशान कृषि सहकारी संस्थाका अध्यक्ष धुर्ब कोइरालालाई सहकारी अभियन्ताका रुपमा सम्मान गरेको र पुर्ब अध्यक्ष शिव कोइराला र सञ्चालक समिती सदस्य शोभा भट्टराईलाई पनि साधारणसभाको अबसरमा सम्मान गरिएको संस्थाका ब्यबस्थापक जनार्दन कोइरालाले जानकारी दिनु भयो ।  

संस्थाले यस बर्ष सदस्यलाई १४ प्रतिशत लाभांश बितरण गर्ने छ भने संस्थामा हाल शेयर सदस्य संख्या २०२४ रहेको शेयर पुजि एक करोड पैतिस लाख , बचत ८ करोड , ऋण लगानी ९ करोड ५० लाख अनि संस्थाको वासलात ११ करोड ६४ लाख रहेको जनाएकोछ । संस्थाको आर्थिक बर्ष ०७७/०७८ को खुद मुनाफा ५२९९०६ रहेको संस्थाले जनाएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र