आईतबार, जेठ ६
१२:३९

विन्धवासिनी साकोस र रोशी गाउँपालिका बीच कृषि ऋणमा व्याज अनुदान सम्झौता 

मंगलबार, असोज ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । रोशी गाउँपालिकामा कृषि व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत र बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. बाट १ प्रतिशत गरी व्याजमा  ६ प्रतिशत छुट सुविधा पाउने भएका छन् । 

काठमाडौ र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित एशियाली स्तरको साकोस गुणस्तर ब्राण्ड (एक्सेस) प्राप्त गर्न सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले रोशी गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रम विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले गत बर्षदेखि कृषि ऋणमा व्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको थियो । असोज ४ गते सोमबार विन्धबासिनी साकोसको सभाहलमा आयोजित चालु आर्थिक बर्षको  सम्झौता नविकरण सँगै रोशी गाउँपालिकामा कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकहरुमा खुसीयाली छाएको छ । 

रोशी गाउँपालिका र विन्धवासिनी साकोस बीच ०७७।७८ मा गरिएको संझौता अवधि गत असारमा समाप्त भएको र  पुनः सम्झौता भए पश्चात आ.व. २०७८।७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको हो । यस सझौता पश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय सञ्चालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५ प्रतिशत व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १ प्रतिशत व्याज छुट गरी ६ प्रतिशत छुट सुविधा प्राप्त गर्नेछन् ।

रोशी गाउँपालिका का अध्यक्ष डी.बी. लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले हस्ताक्षर गर्नु भएको सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामा,  प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा,  बिन्धवासिनी साकोसको सञ्चालक भिम बहादुर के.सी., भकुण्डे सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत के.वि लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र