आईतबार, जेठ ६
०३:५६

नेफ्स्कूनको आयोजनामा ललितपुरमा उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन

मंगलबार, असोज ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा ललितपुरमा असोज ४ गते सोमबारदेखि उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सुरु भएको छ । तीन दिवसीय उक्त तालिममा ललितपुर जिल्ला र काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । 

तालिमको उद्घाटन गर्दै नेफ्स्कूनका सञ्चालक एवम् ललितपुर फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक मन्दरा मिश्रले सबै बचत तथा ऋण सहकारी संस्थाहरु नेफ्स्कूनद्वारा सञ्चालित साकोस स्तरीकरणका कार्यक्रमहरुमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले अब साकोस अभियान जागरण, विकास र प्रवर्धनको चरण पार गर्दै व्यावसायिक विकासका लागि गुणस्तर सुधारको अपरिहार्यताको चर्चा गर्नुभयो । उहाँले संस्था नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने साथै जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध साकोसहरुले संस्थाको वित्तिय तथा संस्थागत सूचकहरुमा सुधार गर्नुपर्ने भएकोले आयोजित तालिम उपयोगी बन्ने भन्दै तालिमबाट सफल सिकाईका लागि शुभकामना व्यक्त गर्नुभयो ।  

तालिम असोज ६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा कर्ब्स कार्यक्रममा आवद्ध ललितपुर जिल्लाका ९ वटा बचत तथा ऋण सहकारी संस्था र चन्द्रागिरी नगरपालिका का ३ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण नेफ्स्कून का तालिम अधिकृत उमेश कोइराला र कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नु भएको छ भने व्यवस्थापन सहजीकरण ललितपुर फिल्ड कार्यालयको रहेको छ । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र