आईतबार, जेठ ६
१२:११

नवनियुक्त सहकारी सचिव पाण्डेलाई नेफ्स्कूनद्वारा बधाई एवम् शुभकामना

मंगलबार, असोज ५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नवनियुक्त सहकारी सचिव गणेश प्रसाद पाण्डेलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बधाई एवम् शुभकामना प्रदान गर्नुभएको छ । आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित संक्षिप्त भेटघाटका क्रममा संघका अध्यक्ष पौड्याल र बरिष्ठ उपाध्यक्ष ढकालले  शुभकामना व्यक्त गर्नुभएको हो । 

भेटका क्रममा नवनियुक्त सचिव पाण्डेले उत्पादनमूलक क्षेत्रमा सहकारीको योगदान बढाउन जोड दिनुभएको छ । उहाँले बचत तथा ऋण सहकारीको नीतिगत विषयहरुमा के गर्न आवश्यक छ र कुन कुन विषयमा सहकार्य गर्न सकिन्छ, त्यसमा बसेर छलफल गर्न अनुरोध समेत गर्नुभएको छ । नेपाल सरकारको प्राथमिकता भनेको बचत तथा ऋण सहकारीको प्रवर्धन भन्दापनि उत्पादनमूलक सहकारीको प्रवर्धन प्रमुख हो । स्थानीय प्रविधि, स्थानीय कच्चा पदार्थको आधारमा सहकारीमार्फत उत्पादनमुलक क्षेत्रमा काम गर्न केही न केही खाका तयार गरौं । सचिव पाण्डेले भन्नुभयो, “आजसम्म सहकारी मार्फत जे जति ग¥यौं, सेवा क्षेत्र अलि राम्रो भएको छ तर उत्पादनको क्षेत्र ओझेलमा छ, जबसम्म उत्पादनको क्षेत्र सबल हुँदैन तबसम्म देशको अर्थतन्त्र पुष्ट हुँदैन ।”

उत्पादन, उत्पादकत्व र रोजगारीको कुरामा सहकारीलाई कसरी फ्रन्टलाईनमा ल्याएर काम गर्न सकिन्छ, यसबारे नेफ्स्कूनले के अवधारणा विकास गर्नुभएको छ ? सचिव पाण्डेले भन्नुभयो, “त्यो मलाई उपलब्ध गराउनुहोस् र यो विषयमा सहकारी विभागका रजिष्ट्रार, तपाई, हामी र सहकारी अभियानका अभियन्ता बसेर छलफल गरेर अगाडि बढौं, सहकारी नै मुलुकको समृद्धि र गरिबी निवारण हो ।” 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अभियानमा संघको भूमिकाको बारे चर्चा गर्दै  नियामक निकायसँग नेफ्स्कूनको निरन्तरको सहकार्य र बचत ऋण अभियानमा सुशासन कायम गर्ने पक्षमा संघको प्रतिबद्धता बारे प्रष्ट पार्नुभएको थियो ।

 

संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भन्नुभयो, “बचत ऋण सहकारीको मुख्य कार्य बचत ऋण तथा वित्तिय सेवा हुनु आवश्यक छ, हाम्रो उद्देश्य नै बचत ऋण सहकारी हो, नीतिगत रुपमै बचत तथा ऋण सहकारीको पैसा सदस्यको पैसा हो, त्यसको परिचालनका लागि मन्त्रालयले छुट्टै नीति नै बनाउनुपर्छ, जुन हामीले मागीराखेका छौं ।” बचत तथा ऋणको छुट्टै ऐन आउनुपर्छ भन्ने विषयमा व्यापक रुपमा छलफल भएको छ,  यसमा अब ढिलाई हुनुहुन्न भन्ने हाम्रो धारणा हो, उहाँले जानकारी गराउनुभयो । 

नेफ्स्कूनका का.मु.प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले नेफ्स्कून र साकोस अभियानको विषयमा प्रष्ट पार्दै विगत ३४ बर्षदेखि साकोस अभियानको जागरण, विकास, प्रवर्धन, व्यावसायिकरणको क्षेत्रमा भएका काम, सुशासन र स्तरीकरणका लागि संघले सञ्चालनमा ल्याएका कार्यक्रमहरु, तालिम शिक्षाका कार्यक्रमहरुबारे सचिव पाण्डेलाई जानकारी गराउनुभएको थियो । 

यसअघि कर्णाली प्रदेशको प्रमुख सचिव रहनुभएका पाण्डेले २०७८ भदौ २४ गते विहिबारदेखि मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र