मंगलबार, वैशाख २५
०९:४२

कल्याणकारी साकोसको २८ औं वार्षिक साधारणसभा सम्पन्न

सोमबार, असोज ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । महालक्ष्मी नगरपालिकामा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गछ भाद्र २६ गतेबाट क्षेत्रगत रुपमा साधारणसभा शुरु गरी असोज २ गते विधिवत समापन गरेको हो । संस्थाकी अध्यक्ष देवी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाको महालक्ष्मी नपा वडा नं ८ का वडा अध्यक्ष विश्वराज श्रेष्ठको प्रमुख आतिथ्यता, वडा नं ९ का कार्यवाहक अध्यक्ष राजकुमार केसीको विशेष आतिथ्यता रहेको थियो । 

संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी गोदामचौर सेवाकेन्द्र, कोटडाँडा, शंखादेवी सेवाकेन्द्र र मुख्य कार्यालय लुभुमा सदस्यहरुका लागि उपस्थिति पुस्तिका खुला गरी वार्षिक प्रतिवेदन वितरण तथा सल्लाह सुझाव संकलन गरेको थियो ।  संस्थाले सीमित व्यक्तिको उपस्थितिमा विद्युतीय माध्यमबाट सभा समापन गरेको जनाएको छ । सभामा अध्यक्ष श्रेष्ठले २०५० सालमा २७ जना शेयरसदस्य र १३५० रुपैया शेयरपुँजी लिएर ग्वार्को पूर्वको पहिलो सहकारीको रुपमा  संस्था स्थापना भएको स्मरण गर्नुभयो । 

हालसम्म आइपुग्दा संस्थामा ६ हजार ५४२ सदस्य  १ अर्ब ६९ करोड ३२ लाख कुल सम्पत्ति पुगेको सभामा उहाँले बताउनुभयो । कोभिड १९ का बीचमा समेत कुल सम्पत्ति वृद्धिको लक्ष्य १०५ प्रतिशत र ब्याज असुली ९९ प्रतिशत भई सदस्यलाई १५ प्रतिशत लाभांश दिन सक्ने भएको उहाँले उल्लेख गर्नुभयो । संस्थाका सचिव प्रभुराम थापाले आ।व। २०७७।७८ को वार्षिक तथा आर्थिक प्रतिवेदन र आ।व। २०७८।७९ को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले सदस्य राहत कोष, औषधी उपचार खर्च र सदस्य सुरक्षा जस्ता कार्यक्रम सञ्चालन गरी सदस्यहरुलाई भैपरी आउँदा आर्थिक सहयोग गर्दै आएको उहाँले जानकारी गराउनुभयो । स्थाले गोदामचौर र कोटडाँडामा सदस्य सेवा केन्द्र विस्तार गरेको र थप ३ स्थानमा सेवा केन्द्र विस्तारका लागि सम्बन्धित निकायबाट स्वीकृति लिइ सञ्चालन गर्ने बताउनुभयो । 

संस्थाका कोषाध्यक्ष सुधिर पौडेलले सभामा आ।व। २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १४ करोड २५ लाख शेयरपुँजी, १९ करोड ८६ लाख जगेडा कोष, १ अर्ब २० करोड ३६ लाख बचत संकलन गरी १ अर्ब १७ करोड ६७ लाख ऋण लगानी गरेको बताउनुभयो । संस्थाले सदस्यहरुका लागि कल्याणकारी मोबाइल एपसमेत सञ्चालनमा ल्याइसकेको र सो एपको प्रयोग गरी खाताको मौज्दात जाँच, चेकबुक माग, रकम ट्रान्सफर गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र