बुधबार, वैशाख २६
१२:५०

ललितपुर जिल्ला बचत संघ २८ औं वर्षमा

आईतबार, असोज ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ स्थापनाको २८ वर्ष प्रवेश गरेको छ । २०५० सालमा स्थापना भएको यो संघ ललितपुर जिल्ला भरको बचत तथा ऋण सहकारी संस्थाको छाता संघ हो । स्थापना दिवसको अवसरमा प्रधानमन्त्री तथा सहकारी मन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले लिखित शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । ‘दिगो साकोसमार्फत सम्बृद्ध समाज निमार्ण’ परिकल्पनाका साथ अघि बढेको संघ संस्थाहरुको दिगो विकासमा सदैव सक्रिय रहेको संघका अध्यक्ष रामहरि बजगाईले बताउनुभयो । संघ वित्तीय सुशासनसहित गुणस्तरीयता कायम गराउन समेत सदैव प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्थाको प्रवर्धन तथा सम्बर्धनका लागि संस्थाहरु बीच सहकार्य र समन्वय गर्दै संघ अघि बढेको उहाँको भनाई छ । संघले जिल्लाको बचत तथा ऋण सहकारीको अभिभावकत्वसँगै वित्तीय कारोबार समेत गर्दै आएको छ । असार मसान्तसम्म्म संघको सेयर पुँजी ६ करोड १९ लाख पुगेको छ भने कुल सम्पत्ती १ अर्ब ९४ करोड पुगेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र