सोमबार, वैशाख २४
०९:५८

नेफ्स्कून अन्तरलगानी उपसमितिको बैठक सम्पन्न, वित्तीय बजारको बिश्लेषणसहित ब्याजदर परिवर्तनको निर्णय

शनिबार, असोज २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको अन्तरलगानी उपसमितिको बैठक केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । हिजो अपरान्ह सम्पन्न बैठकमा संसदमा हालै प्रस्तुत भएको प्रतिस्थापन बिधेयकको समीक्षाका साथै बजेटले साकोस अभियानमा पर्न सक्ने असर र त्यसको सम्बोधनका लागि संघले लिनुपर्ने रणनीतिका बारेमा छलफल भएको छ । यसैबीच, उपसमितिको बैठकले हालको वित्तीय बजारको बिश्लेषण गर्दै संघको बचत तथा ऋण सेवाको ब्याजदरमा यही असोज ४ गतेदेखि लागू हुने गरी निम्नानुसार परिवर्तन समेत गरेको छ ।

संघको अन्तरलगानी उपसमिति संयोजक एवम् नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षतामा बसेको बैठकमा सदस्यहरु बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा, बागमती प्रदेश बचत संघका सञ्चालक प्रदीप थापा, नेफ्स्कूनका निवर्तमान सञ्चालक नानीकाजी शाक्य, र ललितपुरस्थित स्कोप साकोसका अध्यक्ष यज्ञराज बज्राचार्य सहभागी हुनुहुन्थ्यो । यसैगरी, कार्यक्रममा लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण नेपाल अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । यसैगरी, नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, व्यवसाय बिभाग प्रमुख राधेश्याम श्रेष्ठ र व्यवसाय अधिकृत मनोज बुढाथोकी पनि उक्त बैठकमा सहभागी हुनुहुन्थ्यो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र