मंगलबार, वैशाख २५
०३:४९

सगुन साकोसको सदस्य उपस्थिति सुरुः साधारणसभा समापन असोज ६ गते

शुक्रबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । जिल्लाको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत सदस्य उपस्थिति आजबाट सुरु भएको छ ।

मुख्य कार्यालय हरिवन नगरपालिका–११, को सभाहलमा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले सदस्य उपस्थिति कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।  कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, संस्थाको वर्तमान कार्य समितिका उपाध्यक्ष तारादेवी सुबेदी, सचिव राज कुमार उप्रेती, कोषाध्यक्ष विनोद कार्की तथा नेफस्कून फिल्ड कार्यलय हरिवनको प्रमुख महेश बराल लगायतको उपस्थिति रहेको थियो ।

सदस्यहरुबाट सुझाव संकलन तथा उपस्थिति सहित असोज ६ गते हरिवन–९, स्थित सगुन शिक्षा आवासिय विद्यालयमा अन्तिम भेला आयोजना गरेर साधारण सभा सम्पन्न गरिने संस्थाका अध्यक्ष ढकालले जानकारी गराउनुभयो ।

संस्थाले केन्द्रीय कार्यालयसँगै बागमती र लालबन्दीमा रहेको सेवा केन्द्र तथा हरिवन न.पा ६ को कार्यलय घुर्कौली, बागमती न.पा ८, ९, १० को संयुक्त कार्यलय सोल्टी बजार र हरिनव न.पा २ को कार्यलय अत्रौलीमा रहेको वडा कार्यालयहरुमा उपस्थिति दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी एकैपटक भीडभाड नहोस् भन्ने उद्देश्यले विभिन्न स्थानमा साधारण सभाका लागि उपस्थिति दर्ता गराउन सुरु गरिएको संस्थाका प्रवन्धक रविन्द्र रानाले बताउनुभयो । सगुन साकोस स्तरीकरण कार्यक्रम–पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेसनमा आबद्ध छ । संस्थामा हाल १० हजार १ सय ७५ सदस्य रहेको यस साकोसको असार मसान्त सम्मको कुल कारोवार १ अर्ब ५० करोड ९१ लाख ३३ हजार ७ सय ७८ रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र