बिहीबार, जेठ ३
०३:५२

साकोसको व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल अभिमुखीकरण 

बुधबार, भदौ १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं, भदौ १७ । नेफ्स्कूनले विपद् मा साकोसको व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल अभिमुखीकरण साकोसको “व्यवसाय निरन्तरता योजना” (बीसीपी) सम्बन्धी भर्चुअल अभिमुखीकरण सञ्चालन गरेको छ । जुम एप्लिकेसन्स्द्वारा सञ्चालित अभिमुखीकरण कार्यक्रममा जुनसुकै समयमा पर्न सक्ने जस्तोसुकै  विपद्मा पनि साकोसले व्यवसायलाई निरन्तरता दिन र  विपद् पश्चात सामान्यीकरणको अवस्थामा फर्कन व्यवसाय निरन्तरता योजनाको महत्व र उपादेयतामाथि प्रकाश पारिएको थियो । महामारीका समयमा उत्पन्न स्वास्थ्य र संस्थागत संकट समाधानका लागि प्रत्येक साकोसले व्यवसाय निरन्तरता योजना तयार गरी नमूना परीक्षण समेत गरेर संकटको सामना शक्ति विकास गर्न पूर्व तयारी अवस्थामा रहनुपर्ने आवश्यकता प्रस्तुततीकरणमा औल्याइएको थियो । समयको माग अनुरुप प्रविधिको पहुँच विस्तार साथै लगानीको सुरक्षा प्रत्याभूति गर्नपनि व्यवसाय निरन्तरता योजना निर्माणमा विशेष ध्यानदिनुपर्नेमा जोड दिइएको थियो । 

बचत ऋण अभियानको दायरा दिनानुदीन फाराकिलो बन्दै गइरहेको परिवेशमा अभियानको विस्तारसँगै जोखिमको मात्रा बढ्न सक्ने भएकोले जोखिम के हुन सक्छ ? जोखिमको असर कति समयसम्म रहन्छ ? जोखिमले कस्तो आकार लिन्छ ? भन्ने विषयमा जोखिमको प्रभाव विश्लेषण गर्नका लागि र जोखिम समाधानका लागि स्रोत संयन्त्र विकास गर्न पनि व्यवसाय निरन्तरता योजनाको आवश्यकतामाथि प्रष्ट पारिएको थियो । 

विपद् नियमित प्रक्रिया हो, बीसीपी एक व्यवस्थापकिय प्रक्रिया हो, जसले कर्मचारीहरु र सदस्यहरुलाई सुरक्षा प्रदान गर्न र सेवा निरन्तरताको सुनिश्चितता गर्न आवश्यक सामना शक्तिको विकास गर्दछ । सामना शक्ति यस्ता सक्रिय उपायहरु हुन जसले अवरोधहरुको न्यूनिकरण गर्न एवं छिटो भन्दा छिटो पुर्नस्थापित हुन सक्ने क्षमताहरुको विकास गर्न सक्छ भन्ने विषयवस्तु प्रस्तुती गर्दै संघका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले बीसीपीको अवधारणा, महत्व र सञ्जालमा व्यवसाय निरन्तरता योजनाको आवश्याता औल्याउनुभएको थियो । 

संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, केन्द्रीय उपसमिति सदस्यहरु, फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु र संघको उच्च व्यवस्थापन सहित १३५ जनाको सहभागिता रहेको थियो ।

संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महामारीको विषम् परिस्थितिमा सबैभन्दा ठूलो समस्या लगानीको समस्या रहेको र त्यसले अभियानमा चौतर्फी प्रभाव पार्ने हुँदा तरलता व्यवस्थापनमा सबैको साझा ऐक्यबद्धता आवश्यक रहेको चर्चा गर्नुभयो । 
उपाध्यक्ष शान्ति अधिकारीले ग्रामिण क्षेत्रका सहकारीहरुसँगको व्यवसायीक सञ्जाल निर्माण मा केही जटिलताहरु रहेकोले संघले अगाडि सारेको आधारशिला कार्यक्रम कार्यान्वयनको चरणमा दुरदराजका सहकारीहरुको स्तरोन्नती र प्रबर्द्धमा विशेष जोड दिनुपर्ने बताउनुभयो । 

कोषाध्यक्ष दीपक पनेरुले महामारीको विषम् परिस्थितिमा पनि साकोसहरुले आफ्ना सदस्य र कर्मचारीहरुलाई आवश्यक परामर्श प्रदान गर्दै विविध तबरले सेवा निरन्तरतामा जुटिरहेको विषयमा प्रशंसा गर्नुभयो । 

लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले मंगलबार आयोजित रणनीतिक योजना र आधारशिला कार्यक्रम साथै बुधबार सम्पन्न व्यवसाय निरन्तरता योजना कार्यक्रममा अभियानको तर्फबाट आएका महत्वपूर्ण सुझावहरु संघको आगामी कार्यक्रम कार्यान्वयनका लागि मार्गदर्र्शक रहेको बताउनुभयो ।  संघका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले दीगो र सबल साकोस निर्माणमा व्यवसाय निरन्तरता योजना वर्तमान परिस्थितिको माग भएको र यसले आगामी दिनमा अभियानमा आइपर्नसक्ने सबै प्रकारका विपद्को सामना गर्न सहयोग पुर्याउने सामथ्र्य राख्ने विश्वास व्यक्त गर्नुभयो । 
अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा सहभागी सदस्यहरुले संघको योजना तथा कार्यक्रम र व्यवसाय निरन्तरता योजना सम्बन्धमा महत्वपूर्ण सुझावहरु राख्नुभएको थियो ।  

जनउत्थान साकोस रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले महामारीमा व्यवसाय निरन्तरताका लागि कर्मचारीहरुको क्षमता अभिबृद्धि, सदस्य र कर्मचारीहरुमा तनाव व्यवस्थापन, स्वास्थ्य तथा मनोसामाजिक परामर्श प्रदान गर्ने सबालमा अभियानको साझा धारणा बनाउन ठोस योजना निर्माण गर्नुपर्ने विचार राख्नुभएको थियो । 

मकवानपुर जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले नेफ्स्कूनले भर्खरै मात्र सञ्चालनमा ल्याएको डिजिटल पत्रिका सञ्चालनमा बचत संघ र प्रारम्भिक साकोसहरुको पनि प्राथमिकताको बिषय भएको विचार राख्नुभएको थियो । यसै विषयमा संघका बरिष्ठ उपाध्यक्ष एवम् सूचना तथा सञ्चार उपसमिति संयोजक चन्द्र प्रसाद ढकालले अभियानको विकास र प्रबर्द्धन गर्ने उद्देश्यले नेफ्स्कूनले डिजिटल पत्रिका प्रशारण शुरुवात गरेको जानकारी गराउँदै अभियानले यसको स्वामित्व ग्रहण गरिदिनुहुन आग्रह गर्नुभएको थियो । 

लुम्बिनी साकोस, रुपन्देही बुटवलका प्रतिनिधि महेश्वर श्रेष्ठले महामारीका समयमा गरिएका भर्चुअल बैठक र निर्णयहरुको कानुनी प्रक्रिया र मान्यताको विषयमा जिज्ञासा राख्नुभएको थियो । 

मकवानपुर फिल्ड व्यवस्थापन उपसमिति सदस्य राजु गौतमले  महामारीका समयमा अभियानले अवलम्बल गर्नुपर्ने सुरक्षात्मक उपाय र व्यवसाय निरन्तरता योजना हाम्रो भौगोलिक अवस्था र समाज  परिवेश सुहाउँदो बन्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । 

सर्लाही, हरिवनस्थित सगुन साकोसका अध्यक्ष बाबुराम घिमिरेले योजना निर्माण तथा कार्यान्वयका क्रममा सबै साकोसहरुको सक्षमता सम्भव नहुनेहुँदा प्रारम्भिक चरणमा नमूना साकोस छनौट गरी नमूना अभ्यास गराउनुपर्ने सुझाव राख्नुभएको थियो । त्यसैगरी नेफ्स्कूनका पूर्व सञ्चालक चन्द्रा कुमारी खड्का, मोरङ जिल्ला बचत संघका अध्यक्ष एकराज निरौला, सुर्खेत जिल्ला बचत संघका अध्यक्ष बम बहादुर बी.सी., फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु एकराज निरौला, प्रकाश सुवेदी, सुवकान्त न्यौपाने लगायत अन्य केही सहभागीहरुले आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र