मंगलबार, वैशाख २५
०७:१५

हिमाली ब्राह्मी महिला साकोसको २८ औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, असोज १
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भरतपुर ११, चितवनस्थित हिमाली ब्राह्मी बचत तथा ऋण सहकारी संस्था लि. को २८ औं वार्षिक साधारण सभा यही भदौ ३१ गते सफलतापूर्वक सम्पन्न भएको छ । पहिलो सत्रको अध्यक्षता संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथि भरतपूर महानगरपालिका कार्यपालिका कार्यालय, रोजगार तथा प्रवर्धन शाखा भरतपूरका प्राचार्य रामबावु पौडेल रहनुभएको थियो । विशिष्ट अतिथि नेफ्स्कून, संचालक सदस्य विद्या कोइराला हुनुहुन्थ्यो ।

संस्थाका पूर्व सल्लाहकार कृष्ण प्रसाद पौडेल, रेडियो कालिकाबाट प्रदिप परीयार अतिथि हुनुहुन्थ्यो भने कार्यक्रम संचालन संस्थाकी सचिव गिता के.सी.ले गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष मिना कुमारी पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो । साधाण सभामा सभामा संस्थाकी अध्यक्षश्री भवानी देवी अधिकारीको संक्षिप्त प्रगति विवरण र संस्थाको बस्तुस्थिति बारे चर्चा गर्नुभएको थियो ।

सभामा संस्थाकी लेखा समिति संयोजक इन्दिरा घिमिरेले आ.व. २०७७र७८ को लेखा समितिको प्रतिवेदन सहकारी मापदण्डले तोके अनूरुप प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, सभामा समितिले निर्णय गरे अनुरुप  विभिन्न विषयमा पुरस्कार तथा सम्मानप्राप्त गर्ने  व्यक्तिहरुको नाम घोषणा गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो  । सभामा संस्थाकी कोषाध्यक्ष सरला आचार्यले आ.व. २०७७र७८ को लेखा परिक्षक सरद कुमार वर्तौलाले पेश गर्नु संस्थाको आ.व. २०७७र७८ को लेखापरिक्षण प्रतिवेदन पूर्ण अंश प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाकी कोषाध्यक्षश्री सरलाआचार्यले आ.व. २०७७र७८ को आर्थिक प्रतिवेदनतथाआ.व. २०७८र७९ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सचिव गिता के.सी.ले संचालक समितीको तर्फबाट आ.व. २०७७र७८ को वार्षिक प्रतिवेदन तथाआ.व. २०७८र७९ को भावी लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाकी महिला सशक्तिकरण उपसमिति संयोजक सरस्वती ढकाल ज्यूले आ.व. २०७७र७८ मा भएका गतिविधिको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो ।

सभामा संस्थाकी शिक्षा, तालिम तथा भ्रमण कार्यक्रम संयोजक तथा नेफ्स्कून संचालक सदस्य विद्या कोइरालाले संस्थाको प्रारम्भिक अवस्थादेखि हालको र भविष्यको लेखाजोखा तथा आर्थिक वर्ष २०७७÷०७८ को तालिम तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र