शनिबार, वैशाख १५
१०:१८

काठमाडौंको नव सृजनशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

सोमबार, भदौ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चाबहिलस्थित नव सृजनशील बचत तथा ऋण सहकारी संस्था लि. प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । आज अपरान्ह राजधानीमा आयोजित कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र नव सृजनशील साकोसका अध्यक्ष विश्वनाथ अर्यालले सम्झौता हस्ताक्षर सहित आदानप्रदान गर्नुभएको छ । प्रोबेसन कार्यक्रम नेफ्स्कूनले बचत तथा ऋणको कारोबार गर्ने आफ्ना सदस्य साकोसहरुको गुणस्तर सुनिश्चिताका लागि विकसित गरेको मौलिक स्तरीकरण कार्यक्रम हो जसलाई पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम भनिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले प्रोबेसनको प्रभावकारिता र लोकप्रियताका बारेमा अन्तर्राष्ट्रिय चासो समेत बढेको भन्दै यसले वित्तीय सहकारीहरुलाई सुशासित र चुस्त बनाउने दाबी गर्नुभयो । बङ्गलादेश, फिलिपिन्स लगायत एशिया प्रशान्त क्षेत्रका मुलुकहरुले प्रोबेसनका बिषयमा जानकारीहरु लिने गरेको चर्चा गर्दै उहाँले देशभित्र पनि साकोसहरु यस कार्यक्रममा आबद्ध हुन लालायित भएको बताउनुभयो । प्रोबेसनमा सम्झौता भएसँगै अब नव सृजनशील साकोसको काउन्टडाउन सुरु भएको बताउँदै अध्यक्ष पौड्यालले २ वर्षभित्र ब्रान्ड पाउन सफलता मिलोस् भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तर ब्रान्ड पाउन सजिलो छैन, यसका लागि तपाईहरुले अब घर परिवार भन्दा साकोस र प्रोबेसनका सूचकहरु सम्झनुपर्छ र सबैको साथ सहयोगमा सदस्यहरुलाई ब्रान्ड प्राप्त संस्था बनाएर देखाउनुपर्छ ।’ 

कार्यक्रममा साकोसका अध्यक्ष अर्यालले अग्रजहरुले संस्थालाई नेफ्स्कूनको गुणस्तर सुनिश्चिततासम्बन्धी स्तरीकरण कार्यक्रममा आबद्ध हुनलाई जग र पूर्वाधारहरु तयार गरेको बताउँदै अब नव सृजनशील प्रोबेसनका लागि पूर्णतः तयार र आतुर भएको धारणा राख्नुभयो । उहाँले संस्थालाई नीति र विधिमा हिडाउने उद्देश्यका साथ स्तरीकरण कार्यक्रममा आबद्ध भएको र यसका लागि छैठौं वार्षिक साधारण सभामा संकल्प प्रस्ताव पास गरिएको जानकारी गराउनुभयो । प्रोबेसनमा मात्र होइन ब्रान्डका लागि सबै किसिमका चुनौतीहरु सामना गर्दै भोलिका दिनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक्सेस ब्रान्ड प्राप्त गर्ने लक्ष्य साकोसले लिएको अध्यक्ष अर्यालले बताउनुभयो । ‘खासमा हामीले अब संस्थाको नुहाईधुवाईको काम सुरु गर्यौ, ’उहाँले भन्नुभयो, ‘आजबाटै हाम्रो सम्पूर्ण ध्यान २ वर्षभित्रै ब्रान्ड पाउने भन्नेतर्फ केन्द्रित भएको छ ।’

नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालले प्रोबेसनको मुख्य ध्यान भनेको जे गर्छु वा जति गर्छु भनेको छ त्यो अनुसार भएको छ कि छैन भनेर गुणस्तर मापन गर्ने भएको जानकारी गराउनुभयो । ब्रान्डेड संस्था बनाउँदा समुदायमा राम्रो छवि निर्माण हुने भन्दै उहाँले त्यसका लागि परम्परागत प्राक्टिसहरुलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । ढकालले भन्नुभयो, ‘सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन र सदस्यहरुले के कस्ता जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने हो त्यो सम्बन्धी नीतिगत व्यवस्थाहरु परिपालना भए भएनन् भनेर मापन गर्ने काम प्रोबेसनले गर्छ र त्यही आधारमा निर्धारित सूचकहरुमा मार्किङ गरी ब्रान्डसम्बन्धी निर्णय गरिन्छ ।’ उहाँले नव सृजनशील साकोसलाई २ वर्षभित्रै ब्रान्ड प्राप्त गर्ने काममा लाग्न आग्रह समेत गर्नुभयो । 

कार्यक्रममा पूर्व अध्यक्ष राम प्रसाद नेपाल, केशव राम नेपाल लगायले प्रोबेसन कार्यक्रममा सहभागी हुन पाउनु अत्यन्तै गर्वको विषय भएको भन्दै सम्झौता भएको दिनलाई ऐतिहासिक भनी संज्ञा दिनुभयो । उहाँहरुले साकोसलाई दिगो, मर्यादित र व्यवस्थित बनाउन प्रोबेसन कार्यक्रमले सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका सचिव शालिकराम पौडेलले सञ्चालन गर्नुभएको थियो । २०६५ सालमा स्थापित संस्थामा हाल करिब १२ सय सदस्य छन् । साविकको कपन, जोरपाटी, गोठाटार गाविस र काठमाडौं ६ र ७ वडा कार्यक्षेत्र रहेको संस्थामा १ करोड ७८ लाख सेयरपुँजी १७ करोड, ऋण लगानी तथा १४ करोड माथि बचत निक्षेप रहेको छ भने ७ जना कर्मचारी कार्यरत छन् ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र