शुक्रबार, वैशाख १४
११:४७

घामपानी साकोसले सुरू गर्यो मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा

शुक्रबार, भदौ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पोखरा–४, चिप्लेढुङ्गाको घामपानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवा सुरू गरेको छ । भदौ २३ गते स्थापना दिवसको अवसर पारेर साकोसका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छेले मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो । संस्थामा आयोजित सातौं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष विजुक्छेले “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सदस्यहरुलाई छिटो छरितो र सहज रुपमा वित्तिय सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ्ग  तथा क्यू आर कोड सेवा सेवा शुभारम्भ गरेको बताउनु भयो ।

संस्थाका प्रवन्धक रबिन्द्र तिवारीले संस्थाको मोबाइल बैंकिङ्ग एप्सबाट मोवाइल रिचार्ज गर्न, टि.भि.,इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीको बिल भुक्तानी गर्न, आन्तरिक जहाज टिकट बुकिङ्ग गर्न, चेक बुक माग गर्न तथा चेक रद्ध गर्न, खाताको विवरण प्राप्त गर्न, व्यालेन्सको जानकारी प्राप्त गर्न, कर्जाको किस्ता भुक्तानी गर्न, इ सेवा लोड तथा इ सेवा बाट खातामा रकमान्तर गर्न, फोन पे मार्फत भुक्तानी गर्न, सहकारी बाट बैंक खातामा रकमान्तर गर्न सकिने जानकारी दिंदैं संस्थाले सरल र सहज रुपमा सदस्यहरुलाई वित्तिय सेवा प्रदान गरिएको जानकारी दिनुभयो । प्रवन्धक तिवारीले आगामी दिनमा पनि प्रविधि र सदस्य सेवालाई नैं प्राथमिकतामा राखेर साकोसले सदस्य केन्द्रीत सेवा प्रवाहलाई जोड दिने बताउनुभयो ।

साकोसका अध्यक्ष विजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निर्मल जोजिजू, सचिव बल बहादुर थापा, कोषाध्यक्ष किरण बराल, शेयर सदस्यहरु बुद्ध गुरुङ्ग, अर्जुन भारी र कृष्ण थापाले साकोस र सदस्य सम्बन्ध साथै प्रविधि प्रयोग विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र