बिहीबार, वैशाख २०
०९:२४

‘८ वटा प्रतिक्षालय निर्माण गर्यौ’

मंगलबार, भदौ २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका ७ स्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय कारोबारसँगै प्राकृतिक सौन्दर्य र सामुदायिक विकास कार्यक्रमलाई अघि बढाएको छ । नेफ्स्कूनको सदस्य अन्धकारमुक्ति साकोसले हिजो मात्रै मुख्य कार्यालय नजिक रामपुर नपा ७ आदर्शनगरको मुलसडक छेउ निर्माण गरिएको क्यारीमा फुल रोप्ने काम गरेको छ भने प्रतिक्षालय पनि निर्माण सम्पन्न गरेको छ । एकातिर केन्द्रीय कार्यालय र अर्कोतर्फ विद्यालय रहेको सडक छेउ क्यारीमा फुल रोपिएको हो ।

अन्धकारमुक्ति साकोसका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलका अनुसार कर्मचारीहरुको सहभागितामा ६० वटा विभिन्न प्रजातिका फुल रोप्ने काम गरिएको हो । सँगै प्रतिक्षालय पनि निर्माण गरिएको हो । ‘हामीले अघिल्लो आर्थिक वर्षमा ८ वटा प्रतिक्षालय निर्माण गर्यौ, ’व्यवस्थापक पौडेलले भन्नुभयो, ‘सहकारी ऐनले व्यवस्था गरेको सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट प्राकृतिक सौन्दर्य र र सामुदायिक विकासको काम गरेका हौं ।’ 

विद्यालय लगायत मानिसहरुको जमघट हुने स्थान हेरेर प्रतिक्षालय निर्माण गरिएको बताउँदै उहाँले यस प्रकारका सामाजिक विकास निर्माणका कामको संरक्षण संस्थाका सदस्य र आमसमुदायबाट हुने उल्लेख गर्नुभयो । सामुदायिक विकास कोषमा जम्मा भएको ८ लाख रुपैयाँमध्ये यी कामहरुमा ५ लाख रुपैयाँ खर्च भएको व्यवस्थापक पौडेलले साकोस आवाजलाई जानकारी गराउनुभयो । साकोसले अघिल्ला वर्षहरुमा पनि स्वास्थ्य शिविर, विद्यालयमा वित्तीय साक्षरता लगायतका कार्यक्रमहरु गर्दै आएको थियो । सामाजिक उत्तरदायित्वका यस प्रकारका कामले सहकारीहरु प्रति सदस्य र आमसमुदायको विश्वासमा बढोत्तरी हुने व्यवस्थापक पौडेलले बताउनुभयो ।

२०५६ साल पुस २० गते स्थापित अन्धकारमुक्ति साकोसका ५ वटा सेवा केन्द्र सञ्चालनमा छन् । लघुवित्त कार्यक्रम समेत सञ्चालन गरेको साकोस हाल नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आबद्ध छ ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र