बिहीबार, वैशाख २०
०८:५६

धादिङमा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न

सोमबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । जिल्लामा सञ्चालित सात वटा बचत तथा ऋण सहकारी संस्थाहरुको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम अन्तर्गत कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला शनिवार सम्पन्न भएको छ । नशिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा जिल्ला वचत संघ धादिङ र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित कार्यशाला धादिङ जिल्ला सिद्धलेक गाउँपालिकाको कार्यालयमा भएको थियो । 

नशिक बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता आयोजित कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्षको प्रमुख आतित्यथा सहित जिल्ला बचत संघ धादिङका अध्यक्ष टाप बहादुर श्रेष्ठ, जिल्ला वचत संघका बरिष्ठ उपाध्यक्ष शेषकान्त कडेल, महिला उपाध्यक्ष सिता दुवाडी खनाल, सचिव तुलसी प्रसाद अधिकारी, नशिक साकोसका संस्थापक अध्यक्ष एवम् गाउँपालिकाको सहकारी क्षेत्र हेर्ने टंक प्रसाद तिमल्सेना (शर्मा) को विशेष आतित्यथा रहेको थियो । 

कार्यक्रमका बक्ताहरुले जिल्ला भित्रका वचत तथा ऋण सहकारीहरुको बर्तमान अवस्था, सरकारको सहकारी प्रतिको दृष्टीकोण र अभियानमा जिल्ला संघ र नेफ्स्कूनको भूमिकाको विषयमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी साकोस प्रतिनिधिहरुले आ–आफ्नो संस्थाको वित्तिय अवस्था, आर्थिक पारदर्शिता, संस्थाको जिम्मेवारी र जवाफदेहिता, संस्थाको आर्थिक एवं व्यवस्थापकीय जोखिम र जोखिम न्यूनिकरणमा साकोस एवं संघहरुको भूमिका र स्थानीय निकायको नियामकीय भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्यहरु, व्यवस्थापकहरु, स्थानीय सहकारीकर्मीहरु, स्थानीय निकायका प्रतिनिधिहरु गरी ३० जनाको सहभागिता रहेको थियो । कार्यशाला सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालले गर्नुभएको थियो । प्रस्तुतीकरणका क्रममा कार्यक्रम अधिकृत ढकालले जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रमको परिमार्जित म्यानुअलको विषयमा समेत जानकारी गराउनुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र