बिहीबार, वैशाख २०
१०:५५

सिन्धुलीमा २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न

सोमबार, भदौ २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा २ दिने ऋण व्यवस्थापन तालिम सिन्धुलीगढीमा सम्पन्न भएको छ । ऋण व्यवस्थापनसम्बन्धी ज्ञान र सिप उपलब्ध गराई सहकारी संस्थालाई सुरक्षित र सबल बनाउने  उद्देश्यका साथ भदौं १९ र  २० तालिम सञ्चालन गरिएको थियो । तालिममा १६ साकोसबाट १७ जनाको सहभागिता थियो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिममा ऋणको परिचय, ऋण परिचालन तथा  ब्यबस्थापन प्रक्रिया, 5 C विश्लेषण ,PEARLS का सुचकहरु आदि बिषयमा चर्चा गर्दै संस्थालाई जोखिमरहित बनाइ अझ सबल र सक्षम बनाउन अपनाउनु पर्ने नीति तथा रणनीतिहरुको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो । बचत ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने धारणा सिद्धबाबा साकोस रातमाटाकी उपाध्यक्ष सरस्वती देवकोटा र धनसरी साकोसका अध्यक्ष नरेन्द्र कार्कीले समापन कार्यक्रममा बताउनु भयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा उहाँले तालिमबाट  सिकेका कुरा संस्थामा लागू गर्नुपर्नेमा जोड दिनुभयो । खासगरी ऋण ब्यवस्थापन गर्न र  ऋण लगानीका सम्बन्धमा भएका कमजोरीहरु सुधार्न तालिम उपयोगी हुने बिचार राख्नुभएको थियो । आयोजक संस्थाका  कोषाध्यक्ष  कृष्णहरि कोइराला समेतको उपस्थिति रहेको समापन सत्रको संचालन जिल्ला बचत संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।


saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र