शुक्रबार, वैशाख २१
०९:०५

चाँगुनारायण नगरपालिकाद्वारा सहकारी प्रशिक्षण

आईतबार, भदौ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । चाँगुनारायण नगरपालिका सहकारी शाखाले नगरस्तरीय सहकारी संघका पदाधिकारी तथा नगर भित्ररहेका सहकारीहरुका पदाधिकारीका साथै कर्मचारीहरुलाई सहकारी विकास र क्षमता अभिवृद्धि सम्बन्धी आवसीय प्रशिक्षण कार्यक्रम नगरकोटमा भदौ १८ र १९ गते आयोजना गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्र, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. की सञ्चालक मन्दरा मिश्र र चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका अध्यक्ष उमेश प्रधानको सहभागिता थियो । कार्यक्रम सञ्चालन चाँगुनारायण नगरपालिका नगरस्तरीय सहकारी संघका सचिव प्रल्हाद बास्तोलाले गर्नु भएको थियो । उक्त प्रशिक्षण कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष पौड्यालले सहभागीहरुलाई सहकारी विकास सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो भने अन्य प्रशिक्षकको रुपमा चाँगुनारायण नगरपालिका सहकारी शाखा प्रमुख विजय कुमार शर्मा र क्लब हिमालय होटलका राजेन्द्र सेढाईले पनि प्रशिक्षण गर्नु भएको थियो । उक्त कार्यक्रममा ३० जनाको सहभागिता थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र