शुक्रबार, वैशाख २१
०७:३१

आफ्नै भवन निर्माण गर्दै ललितपुरको अरुणिमा साकोस 

आईतबार, भदौ २०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । लतिलपुरको लगनखेलस्थित अरुणिमा बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नै भवन निर्माण गर्ने भएको छ । हिजो बिहान एक कार्यक्रम गरी साकासको निर्माणाधिन भवनको जग पुजा सम्पन्न गरिएको छ । अरुणिमा साकोसले ललितपुर जिल्ला वडा नं १४, ताल्छिखेलमा भवन निर्माण गर्न लागेको हो । २०६६ साल साउन ६ गते दर्ता भएको संस्थाले सोही साल भदौं ५ गतेबाट कारोबार सञ्चालन गरेको हो । 

संस्थाका अध्यक्ष रामशरण घिमिरेले स्थापनाको १२ वर्ष पछि भवन निर्माणको काम गर्न लागिएको भन्दै प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले आगामी असोजबाट काम प्रारम्भ गरी अर्को वर्षसम्म भवन निर्माण पूरा गर्ने योजना साकोस आवाजलाई सुनाउनुभयो, ‘आज टेन्डर खोली, एक साताभित्र आशयपत्र माग गर्ने र त्यसको एक साताभित्रमा ठेक्का सम्झौता गरी सम्भवतः असोज भित्रबाट काम सुरु गर्ने योजना बनाएका छौं ।’  

चक्रपथ मुल सडकमा ३ आना क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण हुने भवनमा अन्डरग्राउन्ड पार्किङ, ग्राउन्ड, पहिलो, दोस्रो र तेस्रो गरी ४ तल्ला रहनेछ भने आवश्यकता अनुरुप कोठाहरु पछि पार्टिसन गरिने छ । भवन निर्माणका लागि संस्थाले करिब ४ महिनाअघि जग्गा खरिद गरेको थियो । अरुणिमा साकोसबाट प्रतिनिधित्व गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को दुई कार्यकाल अध्यक्ष रहनुभएका घिमिरेले साकोसको भवन निर्माण कोषको रकमसँगै केही बाह्य ऋण प्रयोग गरी भवन निर्माण गर्ने बताउनुभयो ।

नेफ्स्कून शिक्षा तथा स्रोत केन्द्र उपसमिति सदस्य समेत रहनुभएका घिमिरेले सदस्यहरुलाई संस्थाको भवनबाटै विविध सेवा उपलब्ध गराउने योजना अनुरुप भवन निर्माण गर्न लागिएको बताउनुभयो । 
सदस्य विस्तारलाई प्राथमिकतामा राखेको संस्थाले सदस्यहरुलाई उत्पादन, उद्यम, व्यापारसँगै आयआर्जन सृजनामा जोड्ने लक्ष्य लिएको छ । ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको साकोसका विकट पहाडी जिल्लाका कृषक र पशुपालक सदस्यहरु रहेको र उनीहरुलाई संस्थामाफर्त सीप विकास, पुँजी तथा परामर्श सेवाहरु प्रदान गर्ने कार्यक्रम राखेको छ । 

अध्यक्ष घिमिरेले भन्नुभयो, हामीले निर्माण गरेको पछिल्लो रणनीतिक व्यावसायिक योजनामा पनि सदस्यहरुलाई आत्मनिर्भर बन्दै समुदाय र मुलुकलाई नै आत्मनिर्भर अर्थतन्त्र निर्माणको अभियानमा जोड्ने विषयलाई समेटेका छौं ।’ उहाँले भवन निर्माणसँगै सदस्यहरुलाई उद्यमी बनाउने कामलाई अघि बढाएका छौं । ५९ करोडको कारोबार रहेको संस्थाको ऋण लगानी ५० करोड छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र