बिहीबार, वैशाख २०
०५:५१

गैँडाकोटमा किसान मार्टको उद्घाटन 

शनिबार, भदौ १९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नवलपुर । किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट ४ मा भदौ १६ गतेबाट सञ्चालनमा ल्याएको  ‘किसान मार्टको आज औपचारिक उद्घाटन भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको आज एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले किसान मार्टको थालनी र अबको एक डेढ वर्षभित्रमै दुम्कीबाससम्म मुख्य मुख्य ठाउँमा मार्ट बिस्तार गर्दै चितवततिर पनि लाने तयारी रहेको जानकारी पाउँदा खुसी लागेको बताउँदै अभियान सफलताको कामना गर्नुभयो । किसान मार्टको सुरुवात प्रदेशकै लागि उदाहरणीय भएको मुख्य मन्त्रीले बताउनुभयो । यसले तय गर्ने मुल्य, कायम गर्ने गुणस्तरले स्वस्थ्यवर्धक हुने विश्वास व्यक्त गर्नुभयो भने स्थानीय उत्पादन प्रवर्धन गर्ने विषय पनि अत्यन्त प्रशंसनीय भएको मुख्य मन्त्रीको भनाइ थियो ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रवर्धनमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले मार्ट सञ्चालन गरेको हो ।  ४ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको किसान मार्ट आजबाट विधिवत् सञ्चालनमा आएसँगै स्थानीय उत्पादनहरुको प्रवर्धन र बजारीकरणका साथै उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामान उपलब्ध हुने दाबी किसान साकोसका निवर्तमान अध्यक्ष एवम् किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गोपाल प्रसाद गौतमले गर्नुभयो । गौतमले किसान उपभोक्ता सहकारीको यो नवीन अवधारणा बिस्तारै जिल्लाभर फैलाइने बताउँदै दशैंतिहारभित्र ४ वटा आउटेल सञ्चालनमा आउने जानकारी गराउनुभयो ।  किसान उपभोक्ता सहकारीका लेखा समिति संयोजक गौतमले मार्ट परियोजनामार्फत कुल ५० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् जसमध्ये अहिले सञ्चालन भएको मार्टमा मात्र १२ जना कार्यरत छन् ।

विशेषगरी गैंडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाबासीहरुको सुविधालाई ध्यानमा राखी ६ करोड रुपैयाँ लगानीको किसान मार्ट सञ्चालन गरिएको उहाँले बताउनुभयो । मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा एउटै छानामुनी प्राप्त गर्न सक्नेछन् भने स्थानीय उत्पादनलाई बढी प्रश्रय दिइनेछ । यसको मुख्य उद्देश्यनै किसान साकोस र किसान उपभोक्ता सहकारीका कषि तथा उद्यमी सदस्यहरुका उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग हो, गौतमले भन्नुभयो, सहकारीका सदस्यहरुलाई सबै खाले आवश्यक सेवा दिन यो प्रयास थालनी गरिएको हो । उहाँले साकोसका र उपभोक्ता सहकारीहरुलाई यसले प्रत्यक्ष सहयोग पुग्नेछ भने रोजगारी पनि सृजना गर्नेछ । उपभोक्ता सहकारीको भूमिकालाई स्थापित गर्न मार्ट सञ्चालन गरिएको भन्दै गौतमले स्थानीयबासीहरुको पनि यसमा साथ सहयोग रहनेमा आफु तथा संस्था विश्वस्त रहेको दाबी गर्नुभयो । सहकारी अभियन्ता गौतमले भन्नुभयो हामीले उचित मुल्यमा गुणस्तरीय सामाग्रीहरु सहजरुपम उपलब्ध गराउँछौं भने यहाँका उत्पादनहरुलाई बजार खोज्न अन्यत्र जानुनपर्ने अवस्था सृजना गर्छौ ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको गौतमले सुनाउनुभयो । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।  मार्ट सञ्चालन आफैमा चुनौतीपूर्ण काम भएपनि चुनौतीमार्फत नै सफलताका सम्भावनाहरु पहिल्याइने दाबी गौतमले गर्नुभयो । स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उहाँको भनाइ छ । कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको हो ।  

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र