मंगलबार, जेठ ८
०४:४७

सुशासनसम्बन्धी नेफ्स्कूनको मार्गनिर्देशन

सोमबार, भदौ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

(वित्तीय कारोबार गर्ने बचत तथा ऋण सहकारी संघ संस्थाहरुमा सुशासन अनिवार्य र प्राथमिक शर्त हो । संस्थाको छवि निर्माण र दिगोपनामार्फत समृद्धि हासिल गर्न सुशासनका राष्ट्रिय अन्तर्राष्ट्रिय सर्वमान्य सिद्धान्तहरुलाई अनिवार्य र अक्षरशः लागू गर्नुपर्दछ । संस्थागत सुशासनको पक्षमा निरन्तर बहसपैरवी गर्दै आएको मुलुकका वित्तीय सहकारीहरुको एक मात्र छाता संगठन नेफ्स्कूनले त्यसको सहजताका लागि सुशासन मार्गदर्शन (२०६९) Good Governance Guidelines जारी गरेको थियो । नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा गत साउन ३२ गते सार्वजनिक एकीकृत स्वनियमन मार्गनिर्देशन २०७७ मा समेत समाविष्ट उक्त सुशासन मार्गदर्शनको महत्व अहिलेको जस्तो संकटपूर्ण अवस्थामा झन् बढी हुन्छ । त्यसैले २५ बुँदे उक्त मार्गनिर्देशनहरु यहाँ प्रस्तुत गरिएको छः   सम्पादक)

१. PEARLS अनुगमन प्रणाली अनुसार मासिक वित्तीय प्रतिवेदन सञ्चालक समितिको नियमित / मासिक बैठकमा अनिवार्य छलफल गरी सुधारका योजना सहित उपायहरू अवलम्बन गर्ने ।

२. सञ्चालक र कर्मचारीहरूको सहभागितामा ४ वर्षे रणनीतिक तथा व्यावसायिक योजना र आवधिक व्यवसाय निरन्तरता योजना BCP तयार गरी लागू गर्ने र त्रैमासिक रूपमा समीक्षा गरिरहने ।

३. कम्तिमा बचतत नीति, ऋण नीति, आर्थिक प्रशासन नीति, वित्तीय व्यवस्थापन नीति, सुशासन  नीति, कर्मचारी (मानव संशाधन) व्यवस्थापन नीति तयार गरी लागू गर्ने र वार्षिक रूपमा पुनरावलोकन गर्ने ।

४. सदस्य, सञ्चालक र कर्मचारीहरूको फरक फरक आचार संहिता तयार गरी पूर्ण रूपले पालना गर्ने / गराउने ।

५. दैनिक कार्यसञ्चालनको लागि स्वायत्त व्यवस्थापन संरचना मार्फत दक्ष कर्मचारी व्यवस्थापन गरी नविनतम प्रविधि मार्फत सेवा प्रवाह गर्ने ।

६. संस्थामा पारदर्शीता कायम गर्न सदस्य सेवाका प्रक्रिया, समय र शुल्कहरु देखिने गरी सदस्य वडापत्र प्रकाशन गर्ने, मासिक वित्तीय एवम् सदस्यताको अवस्था झल्कने विवरण कार्यालयमा सूचना पाटीमा टासँ गर्ने साथै मासिक विवरणहरु तोकिएको ढाँचामा केन्द्रीय संघ र नियामक निकायमा पेश गर्ने ।

७. संस्थालाई समुदाय तथा सदस्यमुखी बनाउनका लागि तोकिएको कार्य क्षेत्र भित्र मात्र कारोबार गर्ने, नियमित सदस्यता खुला राख्ने र समितिमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुको दोहोरो सदस्यता     त्याग गर्ने ।

८. संस्थाले ऋण लगानी गर्दा उत्पादनमुलक क्षेत्रमा प्राथमिकता कायम गर्ने र सञ्चालक समिति एवम् लेखा सुपरिवेक्षण समितिका कुल सदस्यको पचास प्रतिशत सदस्यले मात्र ऋण सेवा उपयोग गर्ने साथै व्याज दरमा सदस्य र सञ्चालकहरुबीच विभेद नगर्ने ।

९. नेपाल सरकारले जारी गरेको लेखामान अनुरुप लेखा अभिलेख राख्ने, कम्प्युटर सफ्टवेयरप्रणालीबाट लेखा राख्दा प्रमाणिक एवम् विश्वसनीय सफ्टवेयर प्रयोग गर्ने ।

१०. सबै सदस्यहरूलाई संस्थाबाट तोकिएको न्यूनतम मासिक वचत गर्न नियमित रूपमा अनिवार्य     गराउने, तीन वर्ष भन्दा लामो अवधिका आवधिक बचत स्वीकार नगर्ने, बचत र ऋण सेवामा भारित औसत व्याज फरकता दर ६ प्रतिशत भन्दा कम कायम गर्ने ।

११. संस्थाको आय क्षमताअनुसार साधारणसभाबाट स्वीकृत बजेटको परिधि भित्र रहेर मात्र खर्च (तलव, भत्ता, घर भाडा, अफिस कार्यालय सजावट, सवारी साधन, प्रकाशन, साधारणसभा आदि) गर्ने ।

१२. कानूनले बन्देज गरेका क्षेत्रमा स्वनिर्णयका आधारमा खर्च लेखी वितरण नगर्ने र संस्थाको संस्थागत पूँजी वृद्धि गर्ने खालका कोषहरू (जगेडा कोष, सहकारी विकास कोष, घाटापूर्ती कोष आदि) वृद्धि गर्दै लैजाने ।

१३. ऋणीको आय क्षमता र निजको परियोजनाको सुक्ष्म विश्लेषण गरी ऋणको सुरक्षा सुनिश्चित गरेर मात्र सदस्यलाई ऋण लगानी गर्ने, ऋणलाई किस्ताबन्दीमा असुल गर्ने, भाखा नाघेको ऋणको सही गणना गरी नियमानुसार ऋण सुरक्षण कोष व्यवस्थापन गर्ने, ऋण नविकरणको अभ्यास नगर्ने तर व्यवसायमा परेको प्रभावको आधारमा अवधि वा ऋण रकम थप गर्ने र तोकिएको मापदण्ड भन्दा बढी हुनेगरी व्यवस्थापन शुल्क र व्याज नलिने । कम्तीमा ३० प्रतिशत सदस्यमा ऋण सेवा प्रवाह गर्ने ।

१४. काननू बमोजिम संस्थाले तिर्नु पर्ने दायित्वहरू स्पष्ट देखाई समयमा नै सम्बन्धित निकायमा भुक्तानी गर्ने ।

१५. संस्थाको वस्तु तथा सेवा (वचत तथा ऋण) उपभोग गर्दा सञ्चालक तथा कर्मचारीले शेयर सदस्यको भन्दा फरक हुने गरी उपभोग गर्न नहुने ।

१६. संस्था आफ्ना विषयगत संघहरू (जिल्ला वचत तथा ऋण सहकारी संघ, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मा अनिवार्य आवद्ध हुने, संघको अनुगमनमा आवश्यक सुचना उपलब्ध गराउने र मार्गदर्शनहरु पालना गर्ने ।

१७. सञ्चालक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नु पर्ने विषयमा सहकारी शिक्षा एवम् पेशागत क्षमता अभिवृद्धि हुने खालका तालिमहरू योजनामा समावेश गरी सञ्चालन गर्ने वा संघहरूले सञ्चालन गरेका कार्यक्रममा सहभागी हुने । संस्थामा भ्रमण नीति बनाई उद्देश्यमुलक भ्रमण मात्र गर्ने र भ्रमण पश्चात भ्रमण प्रतिवेदनहरु पेश गर्ने ।

१८. एकाघर परिवारका सदस्य सञ्चालक समिति तथा कर्मचारी हुने गरी नबस्ने, नराख्ने नीतिगत व्यवस्था गर्ने ।

१९. समान प्रकृतिका प्रारम्भिक संस्थाहरूबीच कानुनले तोके विपरित (बचत संकलन र ऋण लगानी) वित्तीय कारोवार नगर्ने । सदस्य पहिचान गरी दोहोरो सदस्यता खारेज गर्ने, दोहोरो सदस्यता दिने परिपाटी अन्त्य गर्ने र संस्थाको दीगो विकास तथा प्रतिस्पर्धी क्षमता बढाउन स्थानीय सम्भाव्य संस्थाहरूसँग एकीकरण गर्ने ।

२०. एकरुपता प्रणालीको मर्मअनुरुप नेफ्स्कूनका उत्पादन तथा सेवा (सफ्टवेयर, तालिम तथा शिक्षा, स्टेशनरी सेवा, बीमा योजना, गुणस्तर सुनिश्चितता, जोखिम सुपरिवेक्षण, अन्तरलगानी आदि) मा क्षमता अनुसार सहभागिता जनाउने । नीतिगत सर्वाेच्चताको आधारमा कार्यगत स्वायत्तता अनुशरण गर्दै स्थिरीकरण कोष र ऐक्यबद्धता कोषमा आवद्ध हनुपर्ने ।

२१. संस्थाको ऋण नीति भन्दा बाहिर गई एकै सदस्यलाई ठूलो आकारको ऋण लगानी नगर्ने । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक र उनीहरुका एकाघर परिवारमा ऋण लगानी गर्दा सञ्चालक समितिको निर्णयबाट मात्र गर्ने ।

२२. संस्थाको अभिलेख तथा कागजातहरू सुरक्षित राख्ने व्यवस्था मिलाउने ।

२३. संस्थाको दैनिक, मासिक, त्रैमासिक र वार्षिक खाताबन्दी गर्ने, ब्याज आम्दानीलाई नगद आयको आधारमा मात्र आम्दानी जनाउने ।

२४. आन्तरिक लेखापरिक्षण गरी मासिक, त्रैमासिक र वार्षिक प्रतिवेदन पेश गर्ने । २५ करोड रुपैयाँ भन्दा बढी पुँजी परिचालन गर्ने संस्थाले आन्तरिक लेखापरिक्षण अधिकृतको व्यवस्था गर्ने ।

२५. वार्षिक कम्तिमा २५ प्रतिशत सदस्यहरुलाई सदस्य शिक्षा प्रदान गर्ने ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र