बिहीबार, वैशाख २०
०६:५६

सिन्धुलीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न

शुक्रबार, भदौ १८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. सिन्धुलीको आयोजना तथा नेफस्कूनको प्राविधिक सहयोगमा  सिन्धुलीमाढीमा ३ दिने वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी संस्थाहरुको सम्पती र पुजी तथा दायित्वलाई कुशलता पुर्वक ब्यबस्थापन गर्ने  ज्ञान र सीप संचालक तथा कर्मचारीहरुलाई उपलब्ध गराई संस्थालाई अझ सुरक्षित र सक्षम बनाउने उद्देश्यले आयोजित तालिम भदौं १६ गते सुरु भई आज समापन भएको हो । तालिममा १३ वटा सहकारीहरुको सहभागिता थियो । 

नेफस्कूनका कार्यक्रम अधिकृत बिदुर खड्काले सहजीकरण गर्नुभएको तालिमको सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो । सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न तालिमबाट प्राप्त ज्ञान र सीप अति उपयोगी हुने भन्दै तालिम प्रभावकारी भएको सिद्धबाबा साकोस रातमाटाका कोषाध्यक्ष कौशिला थापाले  बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सिन्धुलीका कोषाध्यक्ष कृष्णहरि कोइरालाको अध्यक्षतामा सम्पन्न समापन सत्रमा मन्तव्य राख्दै उहाँले तालिमबाट प्राप्त ज्ञान संस्थाको कुशलतापूर्वक वित्तीय ब्यवस्थापन गर्न र  कमजोरीहरु सुधार्न उपयोगी हुने बताउनु भयो । बचत संघका संचालक गोकर्ण प्रसाद सुबेदीको समेत उपस्थिति रहेको समापन सत्रको सञ्चालन संघका फिल्ड कार्यक्रम अधिकृत शारदाप्रसाद पहाडीले गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र