सोमबार, वैशाख २४
०१:०५

भक्तपुर बचत संघद्वारा शीर्ष संघहरुको ध्यानाकर्षण

बिहीबार, भदौ १७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारी क्षेत्रलाई सरकाबाट उपेक्षा गरिएको भन्दै सम्बन्धित निकायमा ठोस पहल गर्न शीर्ष संघहरुलाई ध्यानाकर्षण गराएको छ । बन्दाबन्दीको समयमा सहकारी क्षेत्रलाई अतिआवश्यक सेवा भित्र समावेश नगरिएको, सहकारीका कर्मचारीहरुलाई खोपमा वेवास्ता गरिएको, बैंक र वित्तीय क्षेत्रसरह सहकारीलाई पनि मालपोतमा दृष्टिबन्धक रोक्का कर तोकिएको, वार्षिक साधारणसभा सञ्चालनसम्बन्धी थप निर्देशन जारी नगरिएको र सहकारी संघ संस्थाको बचत निक्षेपको ब्याजमा अग्रिम ब्याज करको मात्रा अव्यवाहारिक भएको भन्दै सरोकारवालाहरुसँग पहल गर्न संघले पत्रसहित ध्यानाकर्षण गराएको हो ।

संघले राष्ट्रिय सहकारी महासंघ लि.र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.लाई आज ध्यानाकर्षण सहितको पत्र बुझाएको हो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लाई पनि यस विषयमा छिट्टै ध्यानकर्षण गराइने संघले जनाएको छ । 

७३ लाखभन्दा बढी जनसंख्या आवद्ध रहेको सहकारी क्षेत्रलाई राज्यपक्षबाट पटक पटक उपेक्षा गरिएको, कोभिड १९ को समयमा भएको लकडाउनका बेला पनि सहकारीक्षेत्रप्रति गरिएको विभेदका कारण सहकारीको सेवा प्रभावित भएको पत्रमा उल्लेख छ ।  

बागमती प्रदेशले जारी गरेको आर्थिक ए्ेन २०७८ मा दृष्टिबन्धक रोक्काको कर बैंक वित्तीय संस्था सरह तोकेर सहकारीलाई मारमा पारेको भन्दै गत बर्ष ३० लाख सम्मको दृष्टिबन्धक रोक्कामा रु ५ सय मात्र कर लाग्ने गरेकोमा यस आर्थिक बर्षदेखि ८ हजार दस्तुर तोक्नु न्यायोचित नभएको प्रति संघले ध्यानाकर्षण गराएको छ । त्यसैगरी कोभिड १९ को प्रभावलाई मध्येनजर गरी सहकारी विभागबाट सहकारी संघ संस्थाको लेखापरीक्षण र साधारणसभा सम्बन्धी प्रावधानमा सहजता ल्याउन थप निर्देशनका लागि पहलकदमी गर्न ध्यानकर्षण गराएको छ । 

त्यस्तै सहकारी संघ संस्थाले तरलता व्यवस्थापनका लागि बैंक वित्तीय संस्थामा निक्षेप राखिएको रकमबाट पाउने व्याजमा १५ प्रतिशतले अग्रिम कर कट्टी व्यवहारिक नभएकोप्रति ध्यानाकर्षण गराएको छ । 

जिल्ला बचत संघ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहितको संघका प्रतिनिधिहरुद्वारा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र