आईतबार, वैशाख २३
०६:४८

युवा साकोसद्वारा २५ औं स्थापना दिवसमा मानव कल्याण समाजलाई सहयोग

बुधबार, भदौ १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । बनेपास्थित युवा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २५ औँ स्थापना दिवस हिजो मनाएको छ । साकोसले कोभिड असरका कारण स्थापना दिवसलाई बढी औपचारिकता नदिई धुलिखेलस्थित मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक सहयोग तथा लत्ताकपडा प्रदान गरेको छ । साकोसले १३,३६५ रुपैयाँ मानव कल्याण समाजलाई आर्थिक सहयोग गरेको हो ।

स्थापना दिवसका अवसरमा आयाजित संक्षिप्त कार्यक्रममा साकोसको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप समिति, कर्मचारी र सीमित सदस्यहरुको उपस्थिति थियो । साकोसका अध्यक्ष उदयराम कायस्थले संस्थालाई २५ वर्षसम्मको यात्रामा सहयोग गर्ने शेयर सदस्य तथा सबै पात्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । सचिव सरोज कुमार तिमल्सेनाले २५ वर्षको अवधिका आरोह अवरोह बारे चर्चा गर्नुभयो भने सञ्चालक सदस्य देवकी आचार्यले संस्थालाई दीगो बनाउन सदस्यमैत्री बन्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा मानव कल्याण समाज (सेवा घर) लाई ५०–६० थान पुनः प्रयोग योग्य कपडाहरू पनि वितरण गरिएको थियो ।


saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र