आईतबार, वैशाख २३
०२:३८

नुवाकोटको संगम साकोसको मोबाइल बैंकिङ सेवा सुरु

मंगलबार, भदौ १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

नुवाकोट । संगम बचत तथा ऋण सहकारी संस्था लि.ले मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । विदुर नगरपालिका ४ बसपार्क रोडस्थित साकोसले आधुनिक बैंकिङ प्रणालीका विविध सेवाहरु समावेश भएको “संगम स्मार्ट एप” प्रयोग गरी सदस्यहरुले धेरै किसिमका वित्तीय सेवा लिन सक्ने जनाएको छ । साकोसले हिजो एक कार्यक्रम गरी उक्त सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले संगम स्मार्ट एपको उद्घाटन गर्दै सहकारीले नुवाकोट जिल्लामा पहिलोपटक मोबाइल बैंकिङ सेवा भित्र्याई प्रविधिमा फड्को मारेको बताउनुभयो । उहाँले संगम साकोसले जिल्लामा प्रविधिमा अगुवा संस्थाको रुपमा आफुलाई स्थापित गरेको बताउनुभयो ।

संस्थाका अध्यक्ष नारायण श्रेष्ठले हालको विषम परिस्थितिलाई समेत ध्यानमा राखेर सदस्यहरुलाई सुरक्षित, सरल र भरपर्दो तरिकाले पेपरलेस आर्थिक कारोबारको सहजताका लागि संगम स्मार्ट एप शुभारम्भ गरेको जानकारी गराउनुभयो । सहकारीको रजतजयन्ती मनाउने क्रममा मोबाइल बैंकिङ एपको पहुँचलाई मध्यनजर गर्दै सदस्यता प्राविधिक साक्षरता कार्यक्रम पनि आयोजना गरिने उहाँले बताउनुभयो ।आधुनिक बैंकिङ सेवा अन्तर्गत इन्टरनेट बैंकिङ, बीमा भुक्तानी, बैंक, हवाई टिकट र लघुवित्तको खाताबाट खातामा रकम जम्मा गर्न र अन्तर बैंक भुक्तानी गर्न सकिने सहकारीका कोषाध्यक्ष तथा सूचना प्रविधि उपसमितिका संयोजक दिनेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । संगम बचत तथा ऋण सहकारीमा खाता सञ्चालन गरी सदस्यहरुले मोबाइल नं रजिस्टर गरी सजिलो रुपमा यो सेवा लिन सक्ने र इन्टरनेट बैंकिङमा संगमको बचत खाता र कर्जा खाताको विवरण, चेक रिक्वेस्ट, फण्ड ट्रान्सफर, मोबाईल, टिभी, इन्टरनेट, विद्युत, खानेपानी र टेलिफोन महसुल भुक्तानीलगायत सेवा उपलब्ध हुने साकासेले जनाएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र