आईतबार, वैशाख २३
०८:२४

पोखराको शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न

सोमबार, भदौ १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । पोखरास्थित शैक्षिक साकोसका सञ्चालकहरुको आधारभूत क्षमता विकास तालिम सम्पन्न भएको छ । भदौं ११ र १२ गते नौडाँडा, पोखरामा आयोजित तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, सल्लाहकार र व्यवस्थापन प्रमुख गरी १७ जनाको सहभागिता थियो ।

समापन तथा उद्घाटन समारोहको अध्यक्षता साकोसका अध्यक्ष लिलाधर बरालले गर्नुभएको थियो । समापन समारोहका प्रमुख अतिथि  पोखरा नगरपालिका सहकारी संघका अध्क्ष बलराम गौतमले शैक्षिक विकास साकोस नेफ्स्कूनको स्तरीकरण कार्यक्रममा सहभागी हुन ढिलाई गर्न नहुने भन्दै त्यसको आधारमा दिगो, सुरक्षित र व्यावसायिक संस्था संचालन गरी अव्बल सावित गर्नुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको कुरा संस्थामा पूर्ण रुपमा लागू गर्न पनि अनुरोध गर्दै सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।

पहिलो दिन तालिम उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा नगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारीले पोखरा महानगरले सहकारी प्रवद्र्धनका लागि विभिन्न शिर्षकमा बजेट विनियोजन गरेको जानकारी गराउनुभएको थियो । उहाँले महानगर समन्वय समितिले महानगर भित्रका १२५ संस्थाको अनुगमन गरेको, नेफ्स्कूनको तालिममा आफुपनि सहभागी भएको र तालिमहरु उत्कृष्ट हुने गरेको धारणा राख्दै तालिममा सिकेको कुरा संस्थामा लागु गर्न आग्रह गर्नुभयो । प्रमुख अतिथि अधिकारीले शैक्षिक साकोस पोखराको नमुना संस्थाको रुपमा स्थापित हुनुपर्नेमा जोड दिदै तालिम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष वावुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो । तालिम सहभागीहरुले प्रशिक्षक कोइरालाले प्रत्येक विषयलाई उदाहरण सहित स्पष्ट पार्नुभएको भन्दै प्रशिक्षण अत्यन्त फलदायी भएकोले संस्थामा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र