आईतबार, वैशाख २३
०५:५५

नेपालगञ्जको नमस्ते साकोस एक्सेसमा आबद्ध; अब एउटै लक्ष्य ब्रान्डेड बन्ने 

आईतबार, भदौ १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

साकोसका अध्यक्ष बिष्णु बहादुर रिमालले भन्नुभयो, ‘अब साकोसको लक्ष्य निर्धारण भयो, जसरी हुन्छ ब्रान्डेड बनाउने ।’

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्था लि एक्सेस कार्यक्रममा आबद्ध भएको छ । धम्बोझी चोक वडा नं १ मुख्य कार्यालय तथा कोहलपुर र खजुरा सेवा केन्द्र रहेको साकोस नेफ्स्कूनले एशियाली ऋण महासंघ (आकू) को प्राविधिक सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय स्तरीकरण कार्यक्रम एक्सेसमा आज आबद्ध भएको हो ।आज साकोसको कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष प्रकाश ज्ञवाली, साकोसका अध्यक्ष बिष्णु बहादुर रिमाल, व्यवस्थापक कुलबहादुर आले तथा नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने, संघका नेपालगञ्ज फिल्ड कार्यालय इन्चार्ज समिट खड्का लगायत उपस्थित हुनुहुन्थ्यो ।

२०६७ साल बैशाख ३१ गते स्थापित साकोसमा हाल १९ सय बढी सदस्य तथा ५५ कर्मचारी छन् । १ अर्ब ४ करोड ६८ लाख भन्दा बढीको वासलात रहेको साकोसको बाँकेका केही सीमित वडा बाहेक जिल्लाभर कार्यक्षेत्र रहेको छ । ‘दुःखको सारथी नमस्ते साकोस’ भन्ने मुल मन्त्र आत्मसात गर्दै संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

अब साकोसको एउटै लक्ष्य

यसैबीच, साकोसका अध्यक्ष रिमालले एक्सेसका सूचकहरु पूरा गर्न चुनौतीहरु रहेपनि संस्थागत सुशासन, विश्वसनीयता, गुणस्तर पारदर्शिता, इमान्दारीका लागि गुणस्तरीयताको कार्यक्रममा आबद्ध भएको बताउनुभयो । नेपालगञ्जको खासगरी सहरी क्षेत्रमा बढी सदस्य भएको  साकोसलाई ब्रान्डेड बनाई उदाहरण प्रस्तुत गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्तरीकरण कार्यक्रममा सहभागी भएको अध्यक्ष रिमालको भनाई छ । उहाँले भन्नुभयो, ‘अब हामी नमस्ते साकोसलाई एक्सेस ब्रान्डेड बनाउन आवश्यक नीति, विधि र प्रविधिहरु बनाउने र परिमार्जन गर्ने लगायत सबै काम गर्छौ ।’

सञ्चालक समितिले धेरै अघि दखि नै नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितासम्बन्धी कार्यक्रममा सहभागी हुने विषयमा छलफल गरेपनि विभिन्न परिस्थितिले रोकेको बताउँदै अध्यक्ष रिमालले अब भने धेरै ढिलो गर्न हुँदैन भनेर आबद्ध भएको जानकारी गराउनुभयो । अब साकोसको लक्ष्य निर्धारण भयो, जसरी हुन्छ ब्रान्डेड बनाउने, ’अध्यक्ष रिमालले भन्नुभयो, ‘यस कार्यक्रममा आबद्धताले क्रेडिट युनियनमा भएका अन्तर्राष्ट्रिय अभ्यासहरुका बारेमा पनि अपडेट हुन हामीलाई धेरै सहयोग पुग्ने छ ।’ 

ऋण लगानी, भाखा नाघेको ऋण, कर्मचारी व्यवस्थापन, सदस्य शिक्षा, सञ्चालक तथा व्यवस्थापनको क्षमता अभिवृद्धि जस्ता विषयमा साकोसले अब बिशेष ध्यान पुर्याउनुपर्ने अध्यक्ष रिमालले साकोस आवाजलाई बताउनुभयो ।

नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपानेले नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको स्तरीकरण कार्यक्रममा सहभागी हुन धेरै संस्थाहरु इच्छुक रहेको बताउनुभयो । उहाँले कोराना सुरु भएयता झनै साकोसहरु नेफ्स्कूनको छातामुनि आबद्ध भई संघले सञ्चालन गरेका कार्यक्रमहरुमा सहभागिता जनाउन उत्सुक भएको उल्लेख गर्नुभयो । यसअघि यही भदौं ९ गते सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित गंगामाला स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. पनि एक्सेस कार्यक्रममा आबद्ध भएको थियो ।
 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र