शुक्रबार, वैशाख २१
१०:१२

झझल्को बचत तथा ऋण सहकारीको प्रशिक्षण तथा योजना तर्जुमा गोष्ठी

आईतबार, भदौ १३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटी स्थित झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक समिक्षा, योजना तर्जुमा तथा सहकारी प्रशिक्षण कार्यक्रम हिजो शनिवार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता, नेफ्स्कूनका कोषाध्यक्ष दीपक पनेरु र होमस्टे एशोसिएसनका पूर्व अध्यक्ष भीम बहादुर के.सी. को विशेष आतिथ्यता सहित सुरु उक्त कार्यक्रमको पहिलो सत्रमा सहकारी प्रशिक्षण र दोस्रो सत्रमा आ.व. ०७७ ७८ को प्रगति समिक्षा तथा ०७८ ७९ को योजना तर्जुमा गोष्ठी सञ्चालन भएको थियो । 

मुख्य प्रशिक्षक नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले प्रशिक्षण दिनुभएको उक्त कार्यक्रममा झझल्को साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा कर्मचारीहरु गरी ३३ जनाको सहभागिता रहेको थियो । प्रशिक्षक अधिकारीले संस्थाको सबल सक्षम नेतृत्व र संस्थागत लक्ष्य प्राप्ति प्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गर्नुभएको थियो ।  

२०६५ सालमा स्थापना भएको झझल्को साकोसमा हाल २ हजार ६ सय २० सदस्य छन् भने साकोसको कुल सम्पत्ती २६ करोड ५४ लाख ४६ हजार ८ सय ५० छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र