शुक्रबार, वैशाख २१
१२:३१

सहकारीबाट समृद्धितिर लाग्नुस : उपमेयर देवकोटा

आईतबार, भदौ १३
saccosaawaj

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले महिलाहरुलाई सहकारीको माध्यमबाट आयआर्जनमा जोडिदै समृद्धितर्फ लाग्न आग्रह गर्नुभएको छ । सहकार्य बचत तथा ऋण सहकारी संस्था सिन्धुलीको आयोजनामा हिजो सम्पन्न तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपमेयर देवकोटाले सहकारीमा बचत गर्दै उत्पादन तथा आयआर्जनका काममा जोडिएर आर्थिक समृद्धितर्फ लाग्न अनुरोध गर्नुभएको थियो । उहाँले सहकारीमा महिला अधिकारका सवालमा समेत छलफल गर्न महिला सहभागीहरुलाई सुझाउँदै नेतृत्व विकास, व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने उपयुक्त थलोका रुपमा सहकारीलाई लिन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बालकुमारी श्रेष्ठले महिलाहरुले घर देखि समाज र राज्यको काममा समेत सघाउँदै आएकाले आफुलाई कमजोर नसम्झी नेतृत्वमा लाग्न आग्रह गर्नुभएको थियो । उहाँले सहकारीको सदस्य बन्नु नै स्वरोजगार बन्नु रहेको बताउँदै आर्थिकसँगै सामाजिक राजनीतिक लगायतका क्षेत्रमा समेत महिलाहरु लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य रश्मिला देवकोटाले राज्यले सुनिश्चित गरेको समानुपातिक सहभागिता नै महिलाको कमजोर भएको बताउँदै अबको अभियान राजनीतिसँग महिला जोडिने र नेतृत्व लिनेतर्फ हुनुपर्नेमा जोड दिनुभएको थियो ।

पत्रकार बिमला पाण्डेले पहिचान, अर्थपूर्ण सहभागिता हिंसा रहित समाज निर्माणका अभियानमा सहकारी संस्थाहरु जोडिनुपर्नेमा जोड दिनुभएको थियो । नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहनुभएकी पाण्डेले सामाजिक राजनीतिक, आर्थिक अभियानसँगै महिला मानवअधिकारका सवालमा निरन्तर लाग्न सबै महिलाहरुलाई आग्रह समेत गर्नुभएको थियो । ‘समानता र हिंसा रहित समाज निर्माणको अभियानमा निरन्तर लागौं । सबै महिलाको अधिकारका लागि पूर्वाग्रह विना लाग्नु आवश्यक छ ।’ उहाँले भन्नुभयो, न्युन पारिश्रमिकमा काम गर्ने महिलाहरुको सवालमा समेत आवश्यक आवाज उठाउन पछि नपरौं ।

संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, सहकारीका सल्लाहकार तथा नेपाल वार एशोसियसन जिल्ला बार ईकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक धनमाया राईले स्वागत गर्नुभएको थियो भने नियमित पर्व वचत गर्ने कनपा ७ की इन्द्र कुमारी भुजेललाई कार्यक्रममा सम्मान समेत गरिएको थियो । संस्थाले पर्व बचत गर्ने महिलाहरुका लागि हरेक वर्ष तिज विशेष शुभकामना आदान प्रदान गर्दै आएको छ ।

साकोसको उक्त बचतमा १ सय ५ जना महिलाले बचत गर्दै आएका छन । सहकारीमा हाल २ हजार ४ सय सदस्य रहेका छन भने १ हजार १ सय महिला सदस्य रहेका छन । साकोसले उद्यम गर्न वा कुनै व्यवसाय सञ्चालन गर्न चाहने महिला सदस्यहरुका लागि विना धितो २ लाख ऋण प्रदान गर्दै आएको जनाएको छ । संस्थाको कुल पुँजी आठ करोड पचास लाख रहेको छ ।
स्रोतः इसाझा नेपालबाट । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र