शुक्रबार, वैशाख २१
०१:२९

बनेपास्थित सक्षम साकोसको २७ औं स्थापना दिवसमा पुस्तक विमोचनसहित सम्मान कार्यक्रम

शुक्रबार, भदौ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काभ्रे । बनेपा नगरपालिका–७ स्थित सक्षम बचत तथा ऋण सहकारी संस्था लि.ले २७ औं स्थापना दिवस तथा ‘बनेपा स्तवन’ पुस्तक विमोचन कार्यक्रम गरेको छ । अध्यक्ष रमेश काजी श्रेष्ठका अनुसार २०५१ साल साउन १९ गते डिभिजन सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको सक्षम साकोसले कोभिडका कारण केही ढिलो गरी साउन ३० गते शनिवार स्थापना दिवसको कार्यक्रम गरेको हो ।

ज्ञानकाजी मानन्धरद्वारा लिखित ‘बनेपा स्तवन’ पुस्तक २०६३ सालमा पहिलोपटक प्रकाशित भएको थियो । दोस्रो संस्करणका रुपमा प्रकाशित उक्त पुस्तक सक्षम साकोसको स्थापना दिवस कार्यक्रमका अवसरमा विमोचन गरिएको थियो । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष एवम् सहकारी अग्रज कैलाशभक्त प्रधानाङ्ग, राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा, साहित्यकार मोहन दुवाल, संस्थाको सञ्चालक समिति, व्यवस्थापन समुहसँगै सीमित सदस्यहरुको सहभागिता थियो । 

कार्यक्रममा बनेपाको कला, संस्कृति र साहित्यको क्षेत्रमा लामो योगदान पुर्याउनुभएका भुषणभूमि श्रेष्ठलाई सम्मानित गरिएको थियो भने स्थानीय पहिचान बोकेपनि हाल लोपोन्मुख ‘राजारानी’ नृत्य प्रस्तुत गरिएको थियो । सक्षम साकोसले उक्त नाच संरक्षणका लागि केही रकम सहयोग समेत गरेको छ । स्थापना दिवसको अवसरमा युटुबमार्फत गरिएको अन्तर्वार्तामा संस्थाका अध्यक्ष श्रेष्ठले ‘बनेपा स्तवन’ बनेपाको स्वस्थानी जस्तै भएको भन्दै पुस्तकमा बनेपाको इतिहास, संस्कृति, चाडपर्व, रीतिरिवाज, मानन्धरहरुको सहकार्यसम्बन्धी परम्परा आदि विषयहरु समेटिएको जानकारी गराउनुभयो ।

सञ्चालक ओमप्रसाद मानन्धरले आर्थिक पाटो मात्र नभई समाजका अगुवाहरुलाई पुरस्कृत र सम्मानित गर्ने काम संस्थाले गर्दै आएको बताउनुभयो । सहकारीको मर्म र भावनाअनुरुप संस्था अघि बढ्दै गएको उहाँको दाबी थियो । संस्थाकी प्रबन्धक पार्वती थापाले संस्थाले गरेका कामकारबाहीको बारेमा जानकारी गराउँदै कोरोना कहरबीच संस्थाको सेवा निरन्तरता योजना बारे बताउनुभएको थियो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र