शुक्रबार, वैशाख २१
०८:२८

सिन्धुलीका ३ जिल्ला संघबीच एकीकरण 

शुक्रबार, भदौ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सिन्धुली । जिल्लाका ३ सहकारी संघहरुबीच एकीकरण भएको छ ।  जिल्ला उपभोक्ता सहकारी संघ लि.सिन्धुली, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. सिन्धुली र जिल्ला सहकारी संघ लि. सिन्धुलीबीच एकीकरण भई जिल्ला सहकारी संघ लि. सिन्धुलीको नामवाट सन्चालन हुने भएको छ । एकीकरणसँगै अब सिन्धुलीमा जिल्ला संघहरुको संख्या ८ बाट घटेर ६ कायम भएको छ । जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ भदौं ९ गते बुधवार २८ औं स्थापना दिवसका अवसरमा बागमती प्रदेश सहकारी विभागका रजिष्टार विक्रम प्रसाद पाण्डेयले एकीकृत प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो । प्रमाण पत्र हस्तान्तरण गर्दै रजिष्टार पाण्डेयले संख्यात्मक रुपमा जिल्ला संघहरु बढ्नुभन्दा गुणात्मक जिल्ला संघ बनाउन सिन्धुली जिल्लाको सहकारी अभियानले खेलेको भुमिकाको स्वागत स्वागत गर्नुभयो । 

निति निर्माताहरु नै ऐन तथा निति नियमावलीको परिपालक नभएको, दोहोरो संचालक, एकल नेतृत्व निरन्तर हाबी भएको जस्ता विषयहरुले अभियान शुद्धिकरण हुन नसकेको अवस्थामा अभियन्ताहरुबाटै त्याग सुरु गर्नु पर्ने जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण राज के.सी.ले बताउनुभयो । एकीकरण त्याग वाट प्राप्त हुने भएकाले सहकारी अभियानको वृद्धि विकासका लागि “गर कि मर” को सिद्धान्त अग्रजहरुले नै अबलम्न गर्न नसके अभियानले गति नलिने भएकाले जिल्ला संघहरु वाटै मर्जरको अभियान सुरुवात गरी प्रारभिक संस्थाहरु माझ यो कार्यक्रम लैजान लागिएको एकिकृत वहुउद्धेश्य सहकारी संघका नि.अध्यक्ष खडानन्द तिमल्सिनाले बताउनुभयो ।

कोभिड प्रभावकाबीच स्थापना दिवसलाई जमघटरहित बनाई विधागत संघहरुलाई एकाकार गर्दा दिवसले सार्थकता पाउने भएकाले अन्य कार्यक्रमलाई स्थगित गरी सोही दिन एकीकरणको अवसर जुराइएको जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नवराज कोइरालाले बताउनुभयो । जिल्लाका ५११ प्रारम्भिक संस्थाहरुको अभिभावक जिल्ला सहकारी संघमा १७७ वटा सहकारी संघ, संस्थाहरु आबद्ध गराई ५,१२,००० सेयर पुँजी, १,९६,२७,५०० बचत सहित कुल २,०२,२२,८२६.८५ को वासलात पुगेको छ । जिल्ला सहकारी संघले पूर्ण व्यावसायिक कारोबारसहित सुविधा सम्पन्न कार्यालय तथा तालिम हलसहितको कार्यालय २०७८ असोज १ गते उद्घाटन गरेको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र