शुक्रबार, वैशाख २१
०६:४७

हिमाली ब्राह्मी महिला साकोसको ब्राह्मी सेवा केन्द्र शुभारम्भ

बिहीबार, भदौ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चितवनको हिमाली ब्राह्मी महिला साकोसले ब्राह्मी सेवा केन्द्र क्षेत्रपुरबाट कारोबार शुभारम्भ गरेको छ । भरतपुर महानगरपालिकाका उपमेयर पार्बती शाहले हिजो ब्राह्मी सेवा केन्द्रको उद्घाटन गर्नुभएको थियो । सेवा केन्द्र उद्घाटनका क्रममा शुभकामना व्यक्त गर्दै उपमेयर शाहले आर्थिक विकासमा प्रमुख तीन खम्बामध्येको एउटा खम्बा सहकारी भनेर संविधानमै सुनिश्चित गरिएको साथै सहकारीले सदस्यहरुको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको हुँदा  सहकारीप्रति सबैको सकारात्मक सोच अभिबृद्धि भएको बताउनुभयो । उहाँले सहकारीक्षेत्रको बृद्धि विकासका लागि महानगर सँधै सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार भएको बचतबद्धता समेत व्यक्त गर्नुभयो ।  

संस्थाकी अध्यक्ष भवानी देवी अधिकारीको अध्यक्षतामा आयोजित विशेष कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक विद्या कोइराला, सहकारीकर्मी शोभा अर्यालको विशेष उपस्थिति साथै संस्थाका सञ्चालक एवम् कर्मचारीहरु उपस्थित हुनुहुन्थ्यो । 

भरतपुर महानगरपालिका ११, जागृतिचोकमा मुख्य कार्यालय रहेको हिमाली ब्राह्मी महिला साकोस गत पुस २८ गते हिमाली महिला साकोस र ब्राह््मी महिला साकोसबीच एकीकरण भई अगाडि बढेको थियो । महिलाद्वारा सञ्चालित दुई साकोस एकीकरण गर्दै सुरक्षित र सबल संस्था निर्माणमा जुटेको हिमाली ब्राह्मीले सदस्य सेवा प्रभावकारीताका लागि सेवा केन्द्र विस्तारको योजना अगाडि सारिएको जनाएको छ । एकीकरणपश्चात गत पुसदेखि संयुक्त कारोबार शुरु गरेको उक्त साकोसमा हालसम्म कुल १८ सय ६४ सदस्य र कुल २० करोड वासलात रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र