शनिबार, वैशाख २२
१०:१८

चितवनमा साकोस स्तरीकरण कार्यक्रम सम्बन्धी अभिमुखीकरण

बिहीबार, भदौ १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून टाँडी सेवा केन्द्रको आयोजनामा हिजो चितवनमा साकोस स्तरीकरण कार्यक्रम अन्तर्गत प्रोबेशन अभिमुखीकरण सम्पन्न भएको छ । नेफ्स्कूनकी सञ्चालक विद्या कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रमको औपचारिक शुभारम्भ नेफ्स्कूनकी उपाध्यक्ष एवम् बागमती प्रदेश सहकारी विकास बोर्डकी सदस्य शान्ति अधिकारीले गर्नुभएको थियो भने अतिथिहरुमा चितवन फिल्ड व्यवस्थापन उपसमिति सदस्य दिपक राज खनाल, नेफ्स्कून सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल रहनुभएको थियो । 

साकोस मार्फत हुने सदस्यको वित्तीय कारोबारलाई सुरक्षित एवम् प्रभावकारी बनाउँदै दीगो साकोस निर्माण गर्ने उद्देश्यले नेफ््स्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रम प्रोबेशन आबद्धता सम्बन्धमा चितवनका साकोसकर्मीहरुबीच अभिमुखीकरण सञ्चालन गरिएको हो । 

कार्यक्रममा चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा सञ्चालित विभिन्न १४ बचत तथा ऋण सहकारी संस्थाबाट २४ प्रतिनिधिहरुको उपस्थिति थियो । 

कार्यक्रम सञ्चालन एवम् प्रस्तुतीकरण कार्यक्रम अधिकृत सुरज चालिसेले गर्नुभएको थियो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र