शनिबार, वैशाख २२
०२:४०

हरिवनमा सहकारी एकीकरणको पहल

बुधबार, भदौ ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सर्लाही । सहकारी एकीकरण सम्बन्धमा सर्लाहीको हरिवनमा हिजो सहकारीकर्मीहरु बीच वृहत अन्तरक्रिया भएको छ । अन्तरक्रियाबाट जिल्लाका ९ ठूला सहकारीका प्रतिधिनिहरुले सहकारी एकीकरण अभियानमा ऐक्यवद्ध हुँदै एकीकरण समिति समेत गठन गरेका छन् । सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सभाहलमा आयोजित अन्तक्र्रिया कार्यक्रमको अध्यक्षता आयोजक साकोसका अध्यक्ष  केशव ढकालले गुर्नभएको थियो भने जिल्ला बचत तथा ऋण सहकारी संघ, सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो । 

संघका अध्यक्ष घिमिरेको संयोजकत्वमा हिजै सहकारीहरुबीच एकीकरण गर्न १० सदस्यीय समिति समेत गठन गरिएको छ । दश सदस्यीय उक्त समितिका सदस्यहरुमा बेनीबहादुर कार्की, ओमकुमारी गौतम, जवाहारलाल कुशवाहा, रोमा निरौला, चेतप्रसाद तिमल्सिना सहित स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापा सदस्य सचिव हुनुहुन्छ ।

सगुन साकोस हरिवन, स्वस्तिक साकोस बयलवास, सूर्योदय साकोस सोल्टी, नन्देश्वर महिला साकोस नवलपुर, नेत्रगन्ज महिला साकोस नवलपुर, जनहित साकोस रानिगन्ज, डुमडुमे साकोस  लालबन्दी, हरिवन साकोस हरिवन र बागमती साकोस बागमती गरी ९ सहकारीहरु एकीकरणका लागि सामुहिक छलफलमा सहभागी थिए ।  

सगुन साकोसका अध्यक्ष केशव ढकालले सहकारीहरुबीच एकीकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्नेमा जोड दिनुभयो । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले सहकारी एकीकरण अपरिहार्य रहेको बताउनुभयो । त्यसैगरी, नेत्रगन्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मन्दिरा आचार्य, सूर्योदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जवाहारलाल कुशवाहा, जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चेतप्रसाद तिमल्सिनाले सहकारी एकीकरणको अनुभव सुनाउनुभएको थियो । 

डुमडुमे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामराजा कार्कीको सञ्चालन गर्नुभएको कार्यक्रममा सगुन साकोसका सचिव राजकुमार उप्रेतीले स्वागत गर्नुभएको थियो भने स्वस्तिक साकोसका व्यवस्थापक विनोद कुमार थापाले सहकारी एकीकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रत्येक बर्ष नेफ्स्कूनले प्रदान गर्ने प्रदेशस्तरीय उत्कृष्ट पुरस्कार बाट यस बर्ष प्रदेश २ अन्तर्गत स्वस्तिक सहकारी उत्कृष्ट पुरस्कृत घोषित भएको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र