शनिबार, वैशाख २२
०८:२३

चन्द्रागिरि साकोसले सुरु गर्यो उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम

मंगलबार, भदौ ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले चन्द्रागिरि उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम शुभारम्भ गरेको छ । सामुदायिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न, जेहेन्दार र सामाजिक रुपमा पछि परेका वर्गकालाई छात्रवृति प्रदान गर्नका लागि उक्त कार्यक्रमको शुभारम्भ गरेको हो । संस्था, यसका सदस्य, विभिन्न निकायहरुको योगदानमा १ करोड रुपैयाँकोको छात्रवृत्ति कोष स्थापना गर्ने र हाललाई कक्षा ११ र १२ अध्ययन गर्नको लागि उक्त छात्रवृत्ति प्रदान गरी सुरुवात गर्दै स्नातकोत्तर सम्म अध्ययन गर्न उक्त छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य संस्थाले लिएको छ । हाल यस छात्रवृत्ति कोष स्थापना संगै केही विद्यार्थीहरुलाई यसै वर्ष देखि छात्र वृत्ति प्रदान गरिनेछ । भदौं ५ गते संस्थामा एक कार्यक्रम आयोजना गरी उक्त छात्रवृत्ति कार्यक्रम सुरु गरेको चन्द्रागिरि साकोसले जनाएको छ ।

हाल सम्म केही योगदानकर्ताहरुले उक्त छात्रवृत्ति कोषमा योगदान सुभारम्भ गरिसक्नु भएको छ । योगदानकर्ताको नाम समेत जोड्न सकिने एवं योगदान कर्ताले प्रदान गर्ने कुल छात्रवृत्ति संख्या मध्ये केही संख्या योगदानकर्ताकै सिफारिसमा समेत प्रदान गर्न सकिने प्रावधान उक्त छात्रवृत्ति कार्यविधिमा उल्लेख गरिएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र