शुक्रबार, वैशाख २१
११:२६

मिलिजुली कालिञ्चोक साकोसको २९ औं स्थापना दिवसमा रक्तदान र सम्मान पुरस्कार घोषणा

मंगलबार, भदौ ८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । भीमेश्वर नगरपालिका– ६ चरिकोट मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले २९ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । २०५० साल भाद्र ७ गते स्थापना भई २०५० साल मंसिर २ गते दर्ता भएको हिजो स्थापना दिवस मनाएको हो । साकोसले भदौ ७ लाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ । उक्त पावन अवसरमा साकोसले रक्तदान कार्यक्रम गरेको छ भने सम्मान तथा पुरस्कार २०७७/०७८ पनि घोषणा गरेको छ । १७ जनाले रक्तदान गरेको जानकारी गराउँदै साकोसले कोरोना माहामारी ले गर्दा जारी निषेधाज्ञाका कारण रक्तदानमा उल्लेख्य सहभागिता हुन नसकेको जनाएको छ ।

 जारी निषेधाज्ञाका कारण आगामी साधारणसभामा सम्मान र पुरस्कार वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो । २६ जनाबाट सुरु भएको संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य (१२०४३ महिला र १०७६५ पुरुष) आवद्ध भएका छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् । ५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख २ हजार १ सय रहेको छ । त्यस्तै संस्थाले ८६ करोड ६७ लाख ८८ हजार बचत संकलन गरी ९२ करोड ५७ लाख ७८ हजार ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कोषमा ९ करोड ९७ लाख ५३ हजार ७ सय ४१ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिनुभयो । संस्थाले यस अवधिमा करिब १ करोड (अडिट हुन बाँकी) मुनाफा आर्जन गर्न सफल भएको छ ।

दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले १ मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थाले ४२ जना कर्मचारीबाट सेवा प्रवाह गरिरहेको छ । संस्थाले कोभिडको समयमा सदस्यहरुलाई शत प्रतिशत हर्जना छुट र ब्याजमा १० देखि १५ प्रतिशत छुट गरेको थियो । त्यसतै बचतमा १ प्रतिशत थप गरेको संस्थाले जनाएको छ ।

 

 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र