शनिबार, वैशाख २२
१२:३१

ज्योतिपुञ्ज साकोस ११ औं वर्ष प्रवेश; तेस्रो सेवा केन्द्र लुभुमा खोल्ने

शुक्रबार, भदौ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नयाँ बानेश्वर मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । साकोसले कोरोना जोखिमलाई ध्यानमा राखी सीमिति भौतिक उपस्थितिबीच जनस्वास्थ्य मापदण्ड कायम गर्दै केन्द्रीय कार्यालयमा स्थापना दिवस कार्यक्रम आयोजना गरेको हो । यसै पुनित अवसरमा साकोसले आफ्नो तेस्रो सेवा केन्द्र ललितपुरको लुभमा निकट भविष्यमै स्थापना गर्ने जनाएको छ ।

ज्योतिपुञ्ज साकोसका अध्यक्ष नवराज कार्कीले लुभुमा सेवा केन्द्र खोल्ने जानकारी गराउँदै कोरोनाको प्रभावलाई ध्यानमा राखी चाँडै मिति घोषणा गरिने साकोस आवाजलाई बताउनुभयो । साकोसको हाल केन्द्रीय कार्यालयसँगै ललितपुरको कुमारीपाटी र काठमाडौंको गोठाटारमा गरी २ वटा सेवा केन्द्र कार्यालय सञ्चालनमा छन् । स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष कार्कीले साकोसलाई थप व्यवस्थित, प्रभावकारी, सदस्य मैत्री तथा प्रविधियुक्त बनाउँदै लाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाकी व्यवस्थापक रञ्जु कार्की लगायत सीमित कर्मचारीहरुको सहभागितामा केक काटिएको थियो ।

२०६८ साल भदौ ४ गते २८ जना सेयर सदस्यहरुको सहभागिताबाट स्थापना भएको साकोसमा हाल २८६३ जना सदस्य छन् भने कुल सम्पत्ति १ अर्ब ६० करोड रहेको छ । नेफ्स्कूनको सदस्य रहेको ज्योतिपुञ्ज संघले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यक्रम प्रोबेसनमा समेत सहभागी छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र