शुक्रबार, वैशाख २१
११:५०

पोखरा रोयल साकोसको क्यूआर कोड सेवा विस्तार

शुक्रबार, भदौ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पोखरा । प्रविधीमैत्री सहकारी, स्मार्ट सदस्य हाम्रो जिम्मेवारी  अभियान सहित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले क्यूआर कोड सेवा थप सदस्यहरुमा विस्तार गरेको छ । नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको हो । 

संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले सेयर सदस्य भुवन बराललाई क्यू आर कोड हस्तान्तरण गर्दै अभियानको शुरुवात गर्नुभएको थियो । योजना बमोजिम संस्थाका सदस्यहरुलाई स्मार्ट सदस्यको रुपमा विकास गराउने र सोहि अभियान अन्र्तगत क्यू आर कोड प्रविधि मार्फत सदस्यहरुको व्यवसायलाई समेत प्रविधिमा जोडेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताउनुभयो ।

आ–आफ्नो पसल वा व्यावसायिक प्रतिष्ठानमा राखिने क्यूआर कोड प्रविधिमार्फत सदस्यहरुले वस्तु तथा सेवाको खरिद गरेपछि आफ्नो मोवाईल मार्फत क्युआर कोड स्क्यान गरी बिल भुक्तानी गर्न सक्नुहुनेछ। क्यूआर कोड प्रविधिको प्रयोगले समयको बचत साथसाथै महामारीको समयमा नगद उपयोगको जोखिम समेत घट्ने र सदस्यहरुले नगद प्रयोगको झन्झटबाट समेत छुटकारा पाउने पोखरा रोयलका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो । 

कोरोना महामारीको कहर बीच गत वर्षबाट नै संस्थाले ४ वटै कार्यालयबाट क्यू आर कोड प्रविधी जडान गरि काउन्टरबाट ई टेलर सुविधा प्रदान गर्दै आएको, मोबाईल बंैकिङ, एटिएम सुविधा र एस एम एस सुविधा प्रदान गर्दै आईरहेको छ । प्रारम्भिक चरणमा १० जना सदस्यबाट सेवा प्रारम्भ गरेकोमा चालु वर्षमा संस्थाले कम्तिमा पनि १०० बढी व्यवसायी सदस्यहरुलाई क्यूआर प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको संस्थाका व्यवसाय प्रवर्धन विभाग प्रमुख विजया श्रेष्ठले जानकारी गराउनुभयो ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र